दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहदै आएको शुक्लागण्डकी युनेस्कोद्धारा सञ्चालित ३ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम मंगलबार सम्पन्न भएको छ । क्लबले शुक्लागण्डकी नगरपालिका–४ भित्र रहेका आमा समुह र टोल विकास समितिका सदस्यको नेतृत्व र क्षमता विकास गराउने उद्देश्यले तालिमको आयोजना गरेको हो ।
समापन कार्यक्रममा बोल्दै शुक्लागण्डकी–४ का वडाध्यक्ष राजकुमार वाग्लेले तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा पनि लागु गर्न अनुरोध गरे । समाजको अगुवा कर्तामा नै नेतृत्व क्षमता नहुदा समाजको विकासको गति ढिला हुने बताए । जसका कारण आगामी दिनमा पनि वडाले यस्ता कार्यक्रम गर्न अग्रसर रहने बताए ।
तालिमको समापन सत्रको कार्यक्रम तालिममा सहभागि प्रशिक्षार्थीहरुले नै गरेका थिए ।
युनेस्को केन्द्रका अध्यक्ष भीष्म श्रेष्ठको सभातित्वमा सम्पन्न कार्यक्रममा रिया राना, पार्वति पौडेल, रुपा गुरुङ, मिठुमाया राना लगायतले अनुभव सहितको मन्तव्य राखेका थिए भने विन्दु पुनले कार्यक्रमको सञ्चालन गरेकी थिईन् ।
तालिम माघ २९ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन भएको थियो । तालिममा शुक्ला न्यूजका सह–सम्पादक हरि खरेल, अधिवक्ता शिव रेग्मी र व्यवस्थापक प्रेम नारायण अर्याल प्रशिक्षकको रुपमा रहेका थिए । तालिममा २६ जनाको सहभागिता रहेको थियो ।