हरि खरेल/ढोरफिर्दी । पृथ्वी राजमार्ग देखी करिब १५०० मिटर दुरीमा रहेको तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ८ स्थित एक्ले डाडाँ पछिल्लो समय निकै चर्चामा आउन थालेको छ । एक्ले डाडाँ पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएसंगै दैनिक सयैको हाराहारीमा आन्तरीक पर्यटकहरु उक्त क्षेत्र सम्म पुग्ने गरेको छन् । विस्तारै आन्तरीक पर्यटकहरुको गन्तव्यको रुपमा स्थापित हुदै जादाँ एक्ले डाडाँमा फोहोर मैलाको थुप्रो देखीन थालेको छ । उक्त अवस्थालाई मध्यनजर गर्दै शुक्लागण्डकी युनेस्को केन्द्रले एक्ले डाडाँमा सरसफाई तथा डस्विन वितरण कार्य गरेको छ ।
विहानको समय एकलेडाडाँमा मर्निङ्ग वाक जादाँ फोहोरको थुप्रो देखेपछि सरसफाई तथा डस्बिन वितराण कार्यक्रम संञ्चालन गरेको शुक्लागण्डकी युनेस्को केन्द्रका अध्यक्ष भिष्म श्रेष्ठले बताए । नगरको मात्रै नभई देशकै पर्यटकीय क्षेत्रको संभावना बोकेको क्षेत्रको रुपमा एक्ले डाडाँ रहेको हुदाँ वडाले पनि फोहोर व्यवस्थापनमा चासो दिनुपर्ने बताए ।
एक्ले डाडाँमा विकासको कार्यक्रमहरु थपिदै गए पछि पर्यटकहरुको गन्तव्य रुपमा विकास हुदै गएको शुक्लागण्डकी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्ण प्रसाद रेग्मीले बताए । वडाले एक्ले डाडाँ माथि विभिन्न योजनाहरु परिकल्पना गरेको हुदाँ अब केही समय पछि पर्यटकहरुको मुख्य गन्तव्य बन्ने बताए ।“अहिले तल देखी माथि सम्म बाटो बनाउदाँ त पर्यटकहरुको उपस्थिती बाक्लो देखीन्छ भने परिकल्पनाका सबै कार्य भए यहाँ कती आउछन् होला ।” वडाध्यक्ष रेग्मीले भने । साथै शुक्लागण्डकी युनेस्को केन्द्रले गरेको कार्य निकै प्रशंसनिय रहेको भन्दै यसरी नै अरु कार्यहरु गरि अगाडी बढ्न सल्ला दिए ।
युनेस्को केन्द्रले एक्ले डाडाँका लागि ७ वटा डस्विन सफल एक्ले टोलका अध्यक्ष टिका अधिकारीलाई हस्तान्तरण थिए । उक्त सरसफाई तथा डस्बिन वितरण कार्यक्रममा क्लबका अध्यक्ष भिष्म श्रेष्ठ, वडाधयक्ष कृष्णप्रसाद रेग्मी लगायत शुक्लागण्डकी नगरपालिकाका मेयरका सचिवालय सचिव सुरेनद्र सेन, अमेरीकी दुताबास युवा परिषद सदस्य मनिस अर्याल उपस्तिती रहेको थियो भने क्लबका सचिव सविन पौडेलले कार्यक्रमको संञ्चालन गरेका थिए ।