• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ ३०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

महिनौ देखीको जोखिमपूर्ण सडक, संचारकर्मीको एक अन्तर्वार्ताले तुरुन्तै मर्मत (भिडियो सहित)

Staff Reporter Staff Reporter
July 25, 2021
- स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

हरि खरेल, दुलेगौंडा । दुलेगौंडा हर्कपुर मोटर मार्गको ट्रयाक खोलिएको २७ बर्ष पुरा भईसकेको छ । ट्रयाक खोलिएको २७ बर्ष सम्म पुग्दा पनि सडकको अवस्थामा भने खासै परिवर्तन आएको देखिदैन । अघिल्ल्लो बर्ष नै गण्डकी प्रदेश सरकार मार्फत सडक कालोपत्रे गर्ने भनि टेन्डर भएर काम शुरु भएतापनि यसै बर्ष सकी सक्नु पर्ने सडक निर्माण पछिल्लो समयमा आएर काम रोकिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ दुलेगौडा देखी म्याग्दे गाउँपालिकामा रहेको हर्कपुर सम्मको सडक मध्य झन्डै १० किमी बाटोको अवस्था जिर्ण छ । यस मार्गको शुरु बिन्दु शुक्लागण्डकी नगरपालिका वडा नं. ३ स्थित बेसारेगौंडा खण्डको अवस्था त झनै निकै जोखिमपूर्ण रहेको छ ।

दुलेगौंडा हर्कपुर सडकको झोखिमपूर्ण बेसारे गौंडा (मर्मत अघि)

सडकको अवस्था निकै जोखिमपूर्ण भएको गुनासो नागरिक मार्फत आएपछि शुक्ला न्युजले शुक्रबार दिउँसो सम्म ओडार रहेको बेसारेगौंडा सडकको स्थलगत रिपोर्टिंङ्ग गरेको थियो । बाटोको रिपोर्टिंङ्ग सकेर वडाध्यक्ष संग बेलुकी ४ बजे पछि सो सडकको बारेमा जानकारी लिएका लिइएको थियो। संचारकर्मी संगको कुरा पछि वडाध्यक्ष श्रेष्ठले तत्काल सडकको उक्त जोखिम मर्मत गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । जसको २४ घण्टा बित्न नपाउदै उक्त सडक खण्डले स्वरुप परिवर्तन गरेको छ ।

स्थलगत रिपोर्टिंङ्गको क्रममा जनताले के के भने त?

राजमार्गबाट नजिकै रहेको बाटो अहिले सम्म पनि व्यवस्थित नहुदाँ आफुहरुले निकै दुःख भोग्नुपरेको स्थानीय सावित्री तिवारीले बताईन् । चुनावमा नेताहरु हात जोड्दै आउने र चुनाव जिते पछि गाउँको विकासका लागि खासै चसो नलिएको गुनासो गरिन् । साथै उनले वडा देखी लिएर प्रदेशका नेताहरु कोही पनि गतिला नगरेको बताईन् । ठाउँमा बजेट पारेता पनि ठाउँमा काम गर्ने मानिस गतिलो नभएपछि बाटोको अवस्था जिर्ण बन्दै गएको तिवारीले बताईन् ।

मोटर मार्ग भएता पनि यस बाटो हिड्न निकै डर र खतरा रहेको बन्केवाकी स्थानीय विष्णु कार्कीले जानकारी दिईन् । बाटो नराम्रो हुदाँ सामानका भारी सकि नसकी बोकेर लानु परेको दुखेसो पोखिन् । “भोट हाल्दा खेरी भने हामी सक्दो सहयोग गछौ, यसमा भोट हाल्नु है भनेका पनि हुन् ।”उनले भनिन्,“एक महिनादेखी बाटो यस्तो हुदाँ कसैले देखेका छैनन्, मैले त भनि छु की कोही मर्छ के अब यहाँ, अनि बल्ल यो बाटो बन्छ कि भनि छु ।”

पहरेटार बाउनथरका केशबराज सापकोटाले गाउँका सबै मानिसहरु ओाहोरदोहोर गर्ने बाटो भएकाले पनि जनप्रतिनिधिहरुले चासो दिनुपर्ने बताए ।“यत्रा जनताको माझमा फेरी फेरी भोट माग्न जानि की, फलानोको पालामा यो गर्यो भनेर परिचय बनाउने की, यत्तिकै लथालिङ्ग बनाएर छाड्ने त्यो त उनै जान्दछन् ।” उनले भने, “प्रतिनिधि भएपछि मैले कहाँ के गर्नु पर्छ भनेर उहाँहरुले नै चासो खाचो लिनुपर्ने हो ।” मोटर मार्ग ओडार बने पछि सवारी साधनमा ओहोर दोहोर गर्न निकै डरलाग्दो रहेको वन्केवाका स्थानिय दिपक परियारले जानकारी दिइ । “यो बाटोमा लडे मात्र त केही छैन, तर लडे पछि मरिएला भन्ने जस्तो छ, त्यसैले सडक बनाउने मानिसले चासो दिनुपर्यो ।” उनले भने ।

बाटो बने पछि स्थानीयहरु खुसी

स्थानीय बिष्णुमाया विहान बजार जादाँ डरलाग्दो रहेको सडक खण्ड बनेको देख्दा अचम्मै पर्दे खुसि लागेको बताईन् । “मैले त हिजो सम्म त को मान्छे खाल्डोमा पर्छ भनेको थिए । बिहान सम्म पनि त्यस्तै डरलाग्दो रहेको थियो अहिले आउदाँ यस्तो देख्दा रमाईलो लागेको छ ।”

दुलेगौंडा हर्कपुर सडकको झोखिमपूर्ण बेसारे गौंडा (मर्मत पछी)

साथै सोही ठाउँकी स्थानीय कौशिला वि.कले हिजो सम्म ठेस लागेर मरिन्छ कि भन्ने बाटो बनोको देख्दा वडाध्यक्ष श्रेष्ठलाई धन्यवाद व्यक्त गरिन । साथै यस्तै बाटो अन्य ठाउँमा पनि रहेको हदाँ अरु ठाउमा नि यसरी नै काम गर्न अनुरोध गरिन ।

स्थानीय कौशिला वि.कले हिजो सम्म ठेस लागेर मरिन्छ कि भन्ने सडकको तत्काल एकाएक मर्मत भएको देख्दा वडाध्यक्ष श्रेष्ठलाई धन्यवाद व्यक्त गरिन ।

यसरी एक महिना अगाडीदेखी जोखिमपूण बनेको सडक खण्ड अहिले खतरामुक्त भएको छ । दिर्घकालिन तरिकाले बाटो नबनेता पनि वैकल्पिक रुपमा भने बाटोको समस्या टरेको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

अनुशासन आयाेगकाे सचिवमा अधिकारी निर्वाचित
स्थानीय समाचार

अनुशासन आयाेगकाे सचिवमा अधिकारी निर्वाचित

June 13, 2025
बालश्रम विरुद्धमा विद्यार्थीसँग अन्तरक्रिया
स्थानीय समाचार

बालश्रम विरुद्धमा विद्यार्थीसँग अन्तरक्रिया

June 12, 2025
शुक्लागण्डकीको प्रस्तावित लोगो सार्वजनिक
स्थानीय समाचार

शुक्लागण्डकीको प्रस्तावित लोगो सार्वजनिक

June 12, 2025
लायन्सले गरिदियाे १३ परिवारकाे स्वास्थ विमा
स्थानीय समाचार

लायन्सले गरिदियाे १३ परिवारकाे स्वास्थ विमा

June 12, 2025
सेती नदिमा पुरूषकाे शव फेला
स्थानीय समाचार

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025
तनहुँकी स्मृति अनुशासन आयाेगमा सचिवकाे उम्मेदवार
स्थानीय समाचार

तनहुँकी स्मृति अनुशासन आयाेगमा सचिवकाे उम्मेदवार

June 11, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
सेती नदिमा पुरूषकाे शव फेला

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • अनुशासन आयाेगकाे सचिवमा अधिकारी निर्वाचित
  • बालश्रम विरुद्धमा विद्यार्थीसँग अन्तरक्रिया
  • शुक्लागण्डकीको प्रस्तावित लोगो सार्वजनिक
  • लायन्सले गरिदियाे १३ परिवारकाे स्वास्थ विमा
  • तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.