• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

स्थानीय बस व्यवसायीले यात्रुसंग चर्काे भाडा असुल्दै (भिडियो सहित)

Staff Reporter by Staff Reporter
July 24, 2021
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

हरि खरेल/दुलेगौडा । पछिल्लो समय नेपाल सरकारले २८ प्रतिशत भाडादर वृद्धि गरेको छ । वृद्धि भएको भाडा दुई वा सो भन्दा बढी प्रदेश भई संञ्चालन हुने सवारी साधनहरुमा मात्र लागु हुने कुरा प्रष्ट पारिएको छ । तर स्थानिय यातायातको हकमा भने सरकारले कुनै पनि निर्णय गरेको छैन् । तै पनि स्थानीय बस व्यवसायीहरुले सरकारले निर्णय गरेको छ, पेट्रोलको भाउ बढेको छ भन्दै यात्रुहरुसंग चर्काे भाडा असुलेका छन् ।

बिहिबार दमौलीबाट पोखरातर्फ जादै गरेको ग १ ख ४१३० नं को स्थानीय मिनीबसले पहिले भन्दा भाडा बढाएर लिएको यात्री इन्दिरा वि.सीले बताईन । सहचालकले “भाडा बढेछ, तेलको भाउ पनि महंगिएको छ भन्दै पैसा बढाएर माग्यो, हामी जस्तो सिधा साधा मान्छेलाई पनि होला झैँ लाग्यो, जति भन्यो त्यति नै ति¥यौ ।”उनले भनिन् । साथै उनले केहिदिन अघि पोखरा जाँदा एउटी महिलाले पुरानै दरको भाडा दिदाँ सहचालकले पुरा भाडा नदिएको भन्दै गाडीबाटै झराल्देको पनि सुनाइन् ।

यसै गरी दुलेगौडा बाट खैरेनिटार तर्फ जादै गरेको बसमा सवार एक वृद्धले बोल्न नसकेकाले सहचालकले हेप्ने गरेको बताईन । साथै आफु वृद्ध भएकाले भेरै बोल्यो भने पिटुछन् कि भनेर जति मागे त्यति दिनु परेको गुनासो गरिन ।

यसै गरी बिहिबार खैरेनीटारबाट भिमाद जाँदै गरेको ग १ ख ५२४७ नं को स्थानीय बस सबै यात्रुहरुले धेरै नै भाडा लिएको गुनासो गरे । सोही बसमा सवार पार्वती सुनारले दोभानदेखी भिमाद सम्म २० रुपैयाँको सट्टा तीस रुपैयाँ तिर्न बाध्य बनाईएको सुनाईन् । त्यस्तै भिमादकै बयोवृद्ध ध्रुब श्रेष्ठले भिमादबाट खैरेनीटार आउँदा ५० रुपैयाँ तिरेको बताए । सहचालकसंग भाडा कहिलेबाट बढ्यो भनेर सोध्दा लकडाउनपछि बढेको हो भनेर जवाफ दिने र झपाझप पैसा लिएको श्रेष्ठले सुनाए । स्थानीय बसहरुले यसरी भाडा बढाएर लिएपछि स्थानीय पत्रकार राजकुमार आले र हरि खरेलले यात्रु ठगिएकोबारे प्रहरीलाई जानकारी गराएपछि सवै यात्रुहरुको भाडा फिर्ता भयो ।

यता स्थानीय श्रृङ्गा यातायात व्यवसायी संघका अध्यक्ष केदार पौडेलले लिखित रुपमा नै भाडा बढाएको निर्णय नभएको सुनाए । उनले हामीसंगको टेलिफोन कुराकानीमा भने “त्यसरी भाडा लिएको छैन होला, हामीले कसैलाइए पनि लिखित रुपमा भाडा बढेको भनेर भनेका छैनौ । तपाईहरुलाई थाहा नै छ, यस क्षेत्रमा आउने कर्मचारीहरु कुन संस्कारबाट आएका छन्,त्यसैको प्रभाव हो । हामीले त धैर्य गर,अहिले बढाएर भाडा नलेऊ नै भनेका छौँ ।” अध्यक्ष पौडेलले संघ सरकारले भाडा बढाएपछि प्रदेश सरकारले पनि बढाई हाल्नुपर्नेमा प्रदेश सरकार आन्तरिक किचलोमा फस्दा व्यवसायीहरुलाई मर्कामा परेको र यात्रुहरुले पनि दुख भाग्नु पर्ने समस्या सिर्जना भएको बताए ।

यता भाडामा सर्वसाधरण जनता ठगिएको व्यापक गुनासो आएपनि प्रहरी भने माथिबाट कुनै निर्देशन र परिपत्र नआएको भन्दै कारबाही प्रक्रिया अगाडी बढाउन अलमल गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले आफुहरुलाई भाडा बढेको र नबढेको भनेर कुनै पनि परिपत्र नआएकाले कारबाही प्रक्रिया अगाडी बढाउन समस्या भएको बताउँछन् ।

हेर्नुहोस यो भिडियो ।

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
स्थानीय समाचार

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
स्थानीय समाचार

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
स्थानीय समाचार

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
स्थानीय समाचार

अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण
स्थानीय समाचार

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत
स्थानीय समाचार

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.