• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ बैशाख २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

स्थानीय बस व्यवसायीले यात्रुसंग चर्काे भाडा असुल्दै (भिडियो सहित)

Staff Reporter Staff Reporter
July 24, 2021
- स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

हरि खरेल/दुलेगौडा । पछिल्लो समय नेपाल सरकारले २८ प्रतिशत भाडादर वृद्धि गरेको छ । वृद्धि भएको भाडा दुई वा सो भन्दा बढी प्रदेश भई संञ्चालन हुने सवारी साधनहरुमा मात्र लागु हुने कुरा प्रष्ट पारिएको छ । तर स्थानिय यातायातको हकमा भने सरकारले कुनै पनि निर्णय गरेको छैन् । तै पनि स्थानीय बस व्यवसायीहरुले सरकारले निर्णय गरेको छ, पेट्रोलको भाउ बढेको छ भन्दै यात्रुहरुसंग चर्काे भाडा असुलेका छन् ।

बिहिबार दमौलीबाट पोखरातर्फ जादै गरेको ग १ ख ४१३० नं को स्थानीय मिनीबसले पहिले भन्दा भाडा बढाएर लिएको यात्री इन्दिरा वि.सीले बताईन । सहचालकले “भाडा बढेछ, तेलको भाउ पनि महंगिएको छ भन्दै पैसा बढाएर माग्यो, हामी जस्तो सिधा साधा मान्छेलाई पनि होला झैँ लाग्यो, जति भन्यो त्यति नै ति¥यौ ।”उनले भनिन् । साथै उनले केहिदिन अघि पोखरा जाँदा एउटी महिलाले पुरानै दरको भाडा दिदाँ सहचालकले पुरा भाडा नदिएको भन्दै गाडीबाटै झराल्देको पनि सुनाइन् ।

यसै गरी दुलेगौडा बाट खैरेनिटार तर्फ जादै गरेको बसमा सवार एक वृद्धले बोल्न नसकेकाले सहचालकले हेप्ने गरेको बताईन । साथै आफु वृद्ध भएकाले भेरै बोल्यो भने पिटुछन् कि भनेर जति मागे त्यति दिनु परेको गुनासो गरिन ।

यसै गरी बिहिबार खैरेनीटारबाट भिमाद जाँदै गरेको ग १ ख ५२४७ नं को स्थानीय बस सबै यात्रुहरुले धेरै नै भाडा लिएको गुनासो गरे । सोही बसमा सवार पार्वती सुनारले दोभानदेखी भिमाद सम्म २० रुपैयाँको सट्टा तीस रुपैयाँ तिर्न बाध्य बनाईएको सुनाईन् । त्यस्तै भिमादकै बयोवृद्ध ध्रुब श्रेष्ठले भिमादबाट खैरेनीटार आउँदा ५० रुपैयाँ तिरेको बताए । सहचालकसंग भाडा कहिलेबाट बढ्यो भनेर सोध्दा लकडाउनपछि बढेको हो भनेर जवाफ दिने र झपाझप पैसा लिएको श्रेष्ठले सुनाए । स्थानीय बसहरुले यसरी भाडा बढाएर लिएपछि स्थानीय पत्रकार राजकुमार आले र हरि खरेलले यात्रु ठगिएकोबारे प्रहरीलाई जानकारी गराएपछि सवै यात्रुहरुको भाडा फिर्ता भयो ।

यता स्थानीय श्रृङ्गा यातायात व्यवसायी संघका अध्यक्ष केदार पौडेलले लिखित रुपमा नै भाडा बढाएको निर्णय नभएको सुनाए । उनले हामीसंगको टेलिफोन कुराकानीमा भने “त्यसरी भाडा लिएको छैन होला, हामीले कसैलाइए पनि लिखित रुपमा भाडा बढेको भनेर भनेका छैनौ । तपाईहरुलाई थाहा नै छ, यस क्षेत्रमा आउने कर्मचारीहरु कुन संस्कारबाट आएका छन्,त्यसैको प्रभाव हो । हामीले त धैर्य गर,अहिले बढाएर भाडा नलेऊ नै भनेका छौँ ।” अध्यक्ष पौडेलले संघ सरकारले भाडा बढाएपछि प्रदेश सरकारले पनि बढाई हाल्नुपर्नेमा प्रदेश सरकार आन्तरिक किचलोमा फस्दा व्यवसायीहरुलाई मर्कामा परेको र यात्रुहरुले पनि दुख भाग्नु पर्ने समस्या सिर्जना भएको बताए ।

यता भाडामा सर्वसाधरण जनता ठगिएको व्यापक गुनासो आएपनि प्रहरी भने माथिबाट कुनै निर्देशन र परिपत्र नआएको भन्दै कारबाही प्रक्रिया अगाडी बढाउन अलमल गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले आफुहरुलाई भाडा बढेको र नबढेको भनेर कुनै पनि परिपत्र नआएकाले कारबाही प्रक्रिया अगाडी बढाउन समस्या भएको बताउँछन् ।

हेर्नुहोस यो भिडियो ।

👉 अन्य सम्बन्धित खबरहरु

स्थानीय समाचार

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय समाचार

सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

May 5, 2025
पानी माग्दै ढोरवाराही मन्दिर
स्थानीय समाचार

पानी माग्दै ढोरवाराही मन्दिर

May 4, 2025
लियो युथ क्याम्प सम्पन्न
स्थानीय समाचार

लियो युथ क्याम्प सम्पन्न

May 3, 2025
अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर
स्थानीय समाचार

अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

April 28, 2025
जेसीजले वोल्न सिकाउछ: नगर प्रमुख
स्थानीय समाचार

जेसीजले वोल्न सिकाउछ: नगर प्रमुख

April 26, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भोली र पर्सि दिनभर विद्युत बन्द हुने

भोली र पर्सि दिनभर विद्युत बन्द हुने

April 9, 2025
जनसेवाको उपाधी मान्द्रेलाई

जनसेवाको उपाधी मान्द्रेलाई

April 13, 2025
पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

April 11, 2025
पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025
कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

April 14, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सहमति पछी खुल्यो नगरको ताला
  • सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • पानी माग्दै ढोरवाराही मन्दिर
  • लियो युथ क्याम्प सम्पन्न
  • अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.