हरि खरेल/दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिकामा शुक्रबार एक हजार ८ सय ८४ जनामा कोरोना विरुद्धको खोप वितरण गरिएको छ ।जानसेन नामक कोरोना विरुद्धको खोप नगर भित्रका ५५ बर्ष माथिका उमेर समुहका नगरिक, अपाङ्ग तथा असक्त (समुह क र ख) व्यक्ति, विदेश जाने भिष लागेका व्यक्तिहरु र शरणर्थीहरुमा वितरण गरिएको स्वस्थ्य शाखा प्रमुख अजयकुमार श्रीबास्तबले जानकारी दिए ।
नगरभित्रका १२ वटा खोप केन्द्रमाट नगरीकहरुमा कोरोना विरुद्धको खोप वितरण गरिएको थियो । साथै केही वडाहरुमा लक्षित समुहका नागरिकहरुकमा खोप वितरण गर्न बाँकी रहेको हुदाँ भोलि पनि नगरको वडा नं. ५, ६, ८ र ९को स्वास्थ्य केन्द्रबाटा खोप दिईने छ ।
यस पटक शुक्लागण्डकी नगरपालिकामा चार सय ७० भाईल कोरोन विरुद्धको खोप प्राप्त भएको थियो । जसले दुई हजार तीन सय ५० जना नगरीकलाई खोप वितरण गर्न सकिने छ ।