दुलेगौडा । जिल्ला कोभिड संकट व्यवस्थापन समिति तनहुँले जिल्लामा साउनको २० गते सम्म निषेधाज्ञा थप गरेको छ । तनहुँ जिल्लामा पनि कोरोना महामारीको संक्रमण जोखिम यथावत नै रहेको हुदाँ थप सर्तकता अपनाउन खुकुलो गरेर निषेधज्ञा लम्बााईएको जिल्ला प्रशाशन कार्यालय तनहुँका अध्यक्ष सागर आर्चायले जनकारी दिए ।
यसअघि प्रशाशनले विहान ९ बजेदेखी ३ बजेसम्म खोल्दै आएको व्यापार व्यवसाय अब बिहान ५ बजे देखी बेलुकी ४ बजे संम्म संञ्चालन हुने छ । यसै गरी सार्वजनिक यातायातको हकमा भने स्वास्थयका मापदण्ड पालना गरि विहान ६ बजे देखी बेलुकीको ६ बजे सम्म संञ्चालन गर्न पाईने निर्णय भएको छ । जहाँ, ३० भन्दा बढी यात्रु राख्न नपाइने निर्णय पनि गरेको छ ।
यसै गरि आवश्यक स्वास्थ्य सुरक्षा अप्नाई होटल तथा रेष्टुरेन्ट पनि संञ्चालनको लागि प्रशासनले अनुमति दिएको छ । साथै उक्त होटल तथा रेष्टुरेन्ट भने विहानको ५ बजे देखी बेलुकीको ४ बजे सम्म संञ्चालन हुने जानकारी प्राप्त भएको छ ।