दुलेगौँडा । पछिल्लो समय कोरोना सङ्क्रमणको जोखिम बडेसंगै खोपको माग पनि बढ्न थालेको छ ।जस अन्र्तगत शुक्लागण्डकी उद्योग वाणिज्य संघले पनि व्यवसायिहरुको लागि पनि खोपको माग गरेको छ ।शुक्रबार संघले जिल्ला प्रसाशन कार्यलय तनहुँ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
माहामारीका बिचमा व्यवसायिहरुले पनि निरन्तर उपभोक्ता र जनताको लागि सेवा प्रवाह गरिरहेको हुनाले निजी क्षेत्रका व्यवसायी र औधोेगिक क्षेत्रमा काम गर्ने मजदुरलाई तुरुन्त खोप उपलब्ध गराउन माग गरेको संघका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए । राष्ट्रको आर्थिक क्षेत्र चलायमान बनाउन राजश्व र कर संकलन गरि सहयोग गरिरहेको हुदाँ आफुहरुलाई पनि पहिलो प्राथमिकतामा राखेर खोप दिनु पर्ने व्यवसायीहरुको माग छ । नेपाल सरकारले एक प्यान एक खोप नीति अबलम्बन गरी प्यान दर्ताका आधारमा खोप उपल्बध गराउन संघले माग गरेको हो ।
यता,जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आर्चायले हाल प्राथमिकताको आधारमा खोप दिईने काम भईरहको बताए । व्यवसायीको हकमा पनि अति आवश्यक पर्ने व्यवसायिहरुलाई खोप दिइएको बताउँदैे खोपहरु आईरहेको हुदाँ सरकारको निर्णय अनुसार खोप उपलब्ध गराउँदै जाने बताएका थिए ।