• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ बैशाख ३०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

तनहुँका बोटे समुदायलाई निडाको सहयोग

Staff Reporter Staff Reporter
July 22, 2021
- स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

तनहुँ, साउन ७ गते । तनहुँका सिमान्तकृत बोटे समुदायलाई खाद्यान्न सहयोग गरिएको छ । काठमाडौंस्थित राष्ट्रिय एकिकृत विकास सङ्घ (निडा)को सहयोग तथा एलायन्स क्लब अफ तनहुँको व्यवस्थापनमा सहयोग गरिएको हो । व्यास नगरपालिका–१० बोटेगाउँका १५ जना अपाङ्ग सहितका ६५ घर परिवारलाई घरमै पुगेको सहयोग प्रदान गरिएको थियो । खाद्यान्न सहयोग पाएपछि बोटे समदुाय खुसी भएका छन् ।

नदी तथा खोलामा अबिरल वर्षाले बाढी आइरहेकोले माछा मार्ने तथा बालुवामा सुन खोज्ने बोटे समुदायको पूख्र्यौली पेशा प्रभावित भएकोले उक्त वडाको सिफारिसको आधारमा खाद्यान्न सहयोग गरिएको निडाका अध्यक्ष विजयकुमार कार्कीले जानकारी दिनुभयो । खाद्यान्नको एक कार्यक्रमका बीच प्रमुख अतिथि व्यास नगरपालिकाका १० का वडाध्यक्ष तुलसीराम सापकोेटा, निडाकी प्रतिनिधी सोममाया गुरुङ, एलायन्स क्लब अफ तनहुँका अध्यक्ष सुदीप पौडेले सयुक्त रुपमा वितरण गर्नु भएको थियो । सो अवसरमा वडाध्यक्ष तुलसीराम पाण्डेले बोट जातिको पूख्र्यौली पेशाको संरक्षण गर्न वडा कार्यालय मादीनदीमा २० लाख माछाका भुरा छाड्ने, अनधिकृत रुपमा नदीमा करेन्ट लगाउने, बम हान्ने जस्ता कार्य प्रतिबन्ध लगाईने योजना रहेको जानकारी दिनुभयो ।

साथै वडाध्य सापकोटाले बोटे समुदायलाई दुध विक्री गरी आयआर्जन गर्नको लागि चाँडै नै उन्नत जातको गाईको बाच्छी प्रदान गरिने जानकारी दिनुभयो । एलायन्स क्लबमा आवद्ध युवाहरुले अपाङ्गता, पछाडी परेको समुदायलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गर्ने, धार्मिक स्थलहरुको सरफाई गर्ने, जन्मदिनको उपलक्ष्यमा फजुल खर्च कटाएर अनाथ बालबालिका सहयोग गर्ने, गौ संरक्षण केन्द्रमा रहेका गाईलाई दाना खुवाउने जस्ता समाजिक कार्य गर्दै आईरहेको छ । स्थानीय वासिन्दा नेपाल रेडक्रस सोसाईटी दुम्सीचौर उपशाखाका सचिव श्रीकृष्ण आचार्य वडाध्यक्ष सापकोटा मार्फत बोटे जातिको परेको समस्याको बारेमा नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीलाई जानकारी गराएका थिए ।

पत्रकार नहर्कीले निडाका अध्यक्ष काकीलाई समन्वय गर्नु भएको थियो । सोही अवसरमा एलायन्स क्लब अफ दमौलीका कोषाध्यक्ष तथा युवा व्यवसायी अजित पन्थले आफ्नो जन्मदिनको उपलक्ष्यमा सोही ठाउँ स्थित उज्यालो घरलाई खाद्यान्न सहयोग गरी जन्मदिन मनाएका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

योग दिवसको दिन च्यवन धाममा महामृत्युञ्जय यज्ञ हुने
स्थानीय समाचार

ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं

May 13, 2025
पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
स्थानीय समाचार

पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 

May 12, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
स्थानीय समाचार

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
स्थानीय समाचार

विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता

May 9, 2025
स्थानीय समाचार

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय समाचार

सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

May 5, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
जनसेवाको उपाधी मान्द्रेलाई

जनसेवाको उपाधी मान्द्रेलाई

April 13, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

April 14, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं
  • पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
  • निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
  • विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
  • सहमति पछी खुल्यो नगरको ताला
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.