• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

रेडियो ढोरबाराहीले मनायो दशौँ बार्षिकोत्सव,शिव मन्दिरहरुमा डस्बीन वितरण

Staff Reporter by Staff Reporter
July 19, 2021
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

दुलेगौँडा । तनहुँ शुक्लागण्डकीमा रहेको ढोरबाराही एफ.एम प्रालिद्धारा संचालित रेडियो ढोरबाराही १०३.८ मेगाहर्ज १० औँ बर्षमा प्रवेश गरेको छ ।यसै अवसरमा रेडियोले सोमबार १० औँ बार्षिकोत्सव मनाएको छ । “आवाज विहिनहरुको आवाज,अन्र्तमनको आवाज”भन्ने मन्त्रका साथ वि.सं २०६८ साल साउन ४ गते आफ्नो प्रसारण शुरु गरेको रेडियो १० औ बर्षमा प्रवेश गरेको हो ।बार्षिकोत्सवको अवसरमा रेडियोले शुक्लागण्डकी क्षेत्रका प्रसिद्ध तीन धार्मिक स्थलहरुलाई डस्टबीन वितरण गरेको छ ।

“वातावरण स्वच्छ र हराभरा राखौँ,सरसफाईमा ध्यान दिउ” भन्ने सन्देश प्रवाह गर्ने उद्धेश्यले रेडियोले शुक्लागण्डकी–२, कोत्रेमा अवस्थित सिद्धेश्वर महादेव मन्दिर, दुलेगौँडाको ॐकारेश्वर शिव पाञ्चायन मन्दिर र बेलचौतरास्थित झरौटाको शिव पाञ्चायन मन्दिरका लागि दुईरदुई वटा गरी ६ वटा डस्बीन वितरण गरेको हो । रेडिया संचालक समितिका सदस्य तथा प्रसारण उपसमितिका संयोजक खेमराज खनालको संयोजकत्वमा भएको कार्यक्रममा कोरोना भाइरस संक्रमणलाई मध्यनजर गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर डस्बीन वितरण गरिएको हो ।

कार्यक्रममा रेडियो संचालक समितिका सचिव हरिबहादुर खड्का ,कोषाध्यक्ष डिलबहादुर श्रेष्ठ, सदस्यहरु ज्ञानप्रसाद भण्डारी,विष्णुबहादुर महतले संयुक्त रुपमा मन्दिरका अध्यक्षहरु खेमराज खनाल, केशवराज अधिकारी, मीना बस्यौला लगायतका पदाधिकाहरुलाई डस्बीन हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै सिद्धेश्वर मन्दिर कोत्रेका अध्यक्ष खनालले डस्बीन वितरणका लागि धन्यवाद दिदै रेडियोलाई उत्तरोत्तर प्रगतिको शुभकामना दिए । त्यस्तै,शिव पाञ्चायन मन्दिर व्यवस्थापनि समिति झरौटाका अध्यक्ष केशवराज अधिकारीले सभ्य समाज निर्माणमा रेडियोले गरेको कार्य सराहनीय रहेको बताए । रेडियोले प्रदान गरेको डस्बीनको उचित प्रयोग गर्ने बताउँदै डस्बीन उपहारका लागि धन्यवाद ज्ञापन गरे । यस्तै दुलेगौँडा शिव मन्दिर संरक्षण समितिका अध्यक्ष मीना बस्यौलाले पनि धन्यवाद दिदै प्रगतिको शुभकामना दिईन्।

कार्यक्रममा रेडियो संचालक समितिका सचिव हरिबहादुर खड्काले सामाग्री सामान्य भए पनि उद्धेश्य ठुलो राखेर डस्बीन वितरण गरिएको बताए । रेडियोले सुचना,समाचार र मनोरञ्जनसंगै सामाजिक उत्तरदायित्व वहन गरी विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको जानकारी गराए ।

रेडियो संचालक समितिका अध्यक्ष कृष्णराज पण्डितले रेडियोलाई यहाँसम्म ल्याउन योगदान पु¥याउनुहुने श्रोता,विज्ञापनदाता,नागरिक समाज, राजनीतिक दल लगायत सम्पुर्ण शुभेच्छुक महानुभावहरुलाई धन्यवाद प्रकट गरे ।उनले आगामी दिनमा जनताको घरदैलौमै पुगेर जनगुनासो लिनसक्ने, आर्थिक समृद्धिमा सहयोग गर्नसक्ने, समाजका विकृति,विसंगी विरुद्ध आवाज उठाउँदै अझ सशक्त रुपमा अगाडी बढाउने प्रतिवद्धता जनाए ।

रेडियोका स्टेशन म्यानेजर राजकुमार आलेले रेडियोलाई प्रविधिमैत्री बनाउँदै श्रोताको चाहाना र समयको आवश्यकता अनुसार कार्यक्रम निर्माण गर्दै जाने बताए । उनले बार्षिकोत्सवको अवसरमा बर्षभरिको सहभागीता,प्रतिक्रिया र शुभेच्छा प्रदान गर्ने श्रोताहरुमध्येबाट १० उत्कृष्ट श्रोता घोषणा गरी सम्मान गर्ने जानकारी दिए ।

विहान ५ वजेदेखि राती ११ वजेसम्म दैनिक १८ घण्टा प्रसारण गर्दै आएको यस रेडियोले समाजका हरेक गतिविधिहरुलाई समेट्दै अन्याय,अनियमिमता र भष्टचार विरुद्ध आवाज बुलन्द गर्लै आएको छ । रेडियोले समाचार र सुचनामुलक कार्यक्रमलाई प्राथमिकता दिदैं कृषि, शिक्षा, स्वास्थ्य, साहित्य र मनोरञ्जनात्मक कार्यक्रमहरु पनि प्रशारण गर्दै आएको छ । अत्याधुनिक प्रविधियुत्त स्टुडियो र ५ सय वाटको प्रशारण क्षमता भएको रेडियो तनहुँ जिल्लासँगै कास्की, स्याङ्गजा,पाल्पा,वागलुङ्ग,नवलपरासी, गोरखा, लमजुङ्ग र ईन्टरनेटको माध्यमवाट www.radiodhorbarahi.com.np login गरी विश्वभर एकैसाथ सुन्न सकिन्छ ।

👉 अन्य सम्बन्धित खबरहरु

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
स्थानीय समाचार

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
स्थानीय समाचार

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.