दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले जारी गरेको सूचना अनुसार भोलि (श्रावण २४ गते) बुधबारका दिन नगरपालिका भित्रका सबै सार्बजनिक संघ संस्था र कार्यालयहरुमा सार्बजनिक विदा दिएको उल्लेख गरिएको छ ।