दुलेगौंडा । शुक्लागण्डकी २, गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा चोरी भएको छ ।
च्यवनधाम स्थित शुक्लेश्वर महादेव मन्दिरमा रहेको दान पेटिका सहित रकम चोरी भएको समितिले बतायो । मन्दिरमा भएको सिसिटिभीमा देखिए अनुसार आइतबार रातको १.५० बजे मन्दिर भित्र पसी दान पेटिका समेत चोरी गरेको देखिएको छ । घटनाको इप्रका बेलचौताराको टोलीले अध्ययन गरिरहेको छ ।