खैरेनीटार । माध्यमिक शिक्षा परिक्षा (एसईई) मा शुक्लागण्डकी नगरपालिका–६ खैरेनी माध्यमिक विद्यालयकी सुलोचना सुवेदी सामुदायिक विद्यालयको साधारण धारतर्फ तनहुँ जिल्लामै उत्कृष्ट भएकी छिन् ।
राष्ट्रिय परिक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजामा तनहुँबाट साधारण धार तर्फ सुवेदीले ३.८५ जिपिए ल्याउदै जिल्लाकै सर्वाेत्कृष्ट भएकी हुन् । विद्यालयका प्रधानाध्यापक बोधराज ढकालले सुवेदी सामुदायिक विद्यालयको साधारण धारतर्फ जिल्लाकै सर्वाेत्कृष्ट र, सामुदायिक र संस्थागत विद्यालयको छात्रातर्फ पनि सर्वाेत्कृष्ट रहेको बताए ।
समग्र तनहुँ जिल्लामा नै व्राईट फ्युचर माध्यमिक विद्यालयका डेककुमार श्रेष्ठ ३.९५ जिपिए सहित तनहुँ जिल्लाकै सार्वाेत्कृष्ट भएका छन् ।