दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–१०, जुवालथरमा आमाले छोरा कुटेर गम्भिर घाईते भएका बालक सगार नेपालीको उपचारका लागी शुक्लागण्डकी नगरपालिका ५ निवासी करीम बक्स मियाले १० हजार सहयोग गरेका छन् ।
गत सनिबार आफ्नै आमाले कुटेर गम्भीर घाईते भएका बालक सागर नेपालीको उपचारमा समस्या भएको भनि शुक्ला न्युजमा समाचार प्रकाशित भएपछी शुक्ला न्युजलाई सम्पर्क गरि सहयोग प्रदान गरेका हुन् ।
हाल रोजगारको शिलशिलामा कतार रहेका मिया नेपाल पत्रकार महासंघ कतार शाखाक अध्यक्ष समेत रहेका छन् । उनले यस अघि पनि आर्थिक अभावमा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएका थिए । बिदामा घर आएर इद उल अजा मनाईरहेका मियाले गरेको सहयोगले अन्य व्यक्ति समेत सस्थालाई समेत सहयोग गर्ने प्रेरणा मिलेको छ ।
हाल बालकको पश्चिमान्चल क्षेत्रिय अस्पताल पोखारामा उपचार भई रहेको छ । उपचारका लागी बालकको रेखदेखका लागी संगै रहेका शुक्लागण्डकी नगरपालिका वडा नं १० का वडा सदस्य बिमाल रानाका अनुसार बालकको धेरै रगत बगेको कारण रगत हाल्नु पर्ने बताए । अझै केहि दिन अस्पताल नै राखेर उपचार गर्नु पर्ने चिकित्सकले जानकारी गरएको रानाले बताए ।