दुलेगौंडा । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्लागण्डकी ३, कवासेमा मुख्य कार्यालय रहेको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले बिभिन्न स्थानमा सहयोग गरेको छ ।
सहकारीले मंगलबार शुक्लागण्डकी वडा नं. २, गाछेपानीमा रहेको शुक्लागण्डकी मुक्तिनाथ च्वानधाम र शुक्लागण्डकी वडा नं. ५, झरौटा स्थित जेष्ठ नागरिक बृद्ध आश्रममा रहनु भएका वृद्ध बुवा आमाहरुलाई ५/५ थान बस्ने कुर्ची र खाद्यान्न प्रदान गर्नुका साथै शुक्लागण्डकी वडा नं.४, दुलेगौँडा स्थित खैरेनीटार स्वास्थ चौकीमा बच्चाको तौल मापन गर्ने स्ट्यान्ड हस्तान्तरण गरेको छ ।