• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार १८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

खोला तर्ने समस्या समाधान हुने आशमा स्थानीय

सम्पादक सम्पादक
June 23, 2022
- स्थानीय समाचार
A A
0
खोला तर्ने समस्या समाधान हुने आशमा स्थानीय
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । बर्खा लागेपछि बाङ्गे खोला उर्लिदा शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडा, डहरे बासीलाई खोला तर्न गाह्रो छ । विगतमा कलर्भट बने पनि वर्तमानमा खोला एकातिर र कलर्भट एकातिर हुदाँ दैनिक रुपमा सोही बाटो ओहोरदोहोर गर्ने स्थानीय निकै सास्ती खेप्नु परेको छ ।

यही समस्यालाई असार २ गते शुक्ला न्यूजले स्थलगत रिर्पाेटिङ्ग गरेपछि नगरले यस बिषयलाई गम्भिरताको साथ लिएको थियो । जसको फलस्वरुप बिहीबार (असार ९) गते शुक्लागण्डकी नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष, ईन्जिजियर योजना सहित जनताको माझमा पुगेका थिए । यो सैगै यसपटक स्थानीयहरु आफुहरुको समस्या समाधान हुने कुरामा आशावादी बनेका छन् । जनताको माझमा पुगेर मेयर कृष्णराज पण्डितले तत्कालका लागि सहज रुपमा खोला वारपार गर्न ह्युम पाइप हाल्ने बताए । साथै उनले दीर्घकालिन रुपमा समस्या समाधान गर्न नगरपालिकाले आवश्यक काम अगाडी बढाउने उनको भनाई छ । ‘हामी पहिला खोला जहाँबाट बगेको थियो त्यहीबाट बगाउँछौ । अहिले तत्कालका लागि हामीले खोला बगेको ठाउँमा ह्युम पाइप हालेर अस्थायी बाटो बनाउछौ’ उनले भने । जनताको माझमा गई शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु) ले जनताको अपेक्षा अनुसार काम गर्ने बताए । साथै उनले पहिला खोला बगेको ठाउँबाट खोला हिडाउन जग्गाको विवाद हटाउने जिम्मा स्थानीयहरुले लिनुपर्ने बताए । ‘नगरपालिकाले हजुरले भनेकै ठाउँबाट काम गर्छ । त्यसको लागि हामी प्रतिबद्ध छौं । हामी भोलि नगर सभा गर्दै छौ । तपाईहरु यति बुझ्नु की तपाईहरुलाई चाहिने जति पैसा आउछ । पौसामा समस्या छैन् । तर, पहिला खोला बगेको ठाउँबाटौ खोला हिडाउन त्यस वरपर रहेको जग्गाको विवाद हटाउने जिम्मा तपाईहरुले नै लिनुपर्छ’ उनले भने ।

नगरले ठाउँमा नै आएर निरिक्षण गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरेको हुदाँ बर्षाेदेखिको समस्या समाधान हुने कुरामा आशावादी रहेको स्थानीय मञ्जु श्रेष्ठले बताईन् । ‘खोला वारपार गर्ने समस्या समाधान हुन्छ भन्ने कुरामा आशावादी छौ । तर, पूर्ण रुपमा आशावादी चाही छैनौं’ उनले भनिन् । विगतमा भन्दा यस पटकका जनप्रतिनिधिको लगाभका कारण डराई डराई होला तर्नुपर्ने बाध्यता समाधान हुने कुरामा बढी आशावादी रहेको स्थानीय केशब राज श्रेष्ठले बताए । ‘नगरले धेरै पहिला पनि आश्वासन दिईराखेको थियो । तर, अहिलेका जनप्रतिनिधि धेरै लागि पर्नुभएको छ । त्यसैले पहिला भन्दा अलि विश्वस्त छु । त्यै पनि नगरे सम्म के हो के हो ? अन्यौल नै छौ भनौ । अब गर्नु भएपछि विश्वास गरौला’ उनले भने ।

Tags: Bange KholaDahareKhum Bahadur BK RajuKrishna Raj PanditShuklagandaki Municipality

👉 अन्य सम्बन्धित खबरहरु

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
स्थानीय समाचार

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल

June 29, 2025
देशभर अहिलेसम्म ५३ प्रतिशत रोपाइँ
स्थानीय समाचार

मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा
स्थानीय समाचार

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप
स्थानीय समाचार

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
  • मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने
  • एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.