दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहदै आएकाे शुक्लागण्डकी युनेस्को केन्द्रकाे अध्यक्षमा पुनः भीष्म श्रेष्ठ चयन भएका छन् । शनिबार भएको केन्द्रकाे भेलाले श्रेष्ठको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हाे ।
केन्द्रकाे उपाध्यक्षमा आकृति गुरूङ, सचिवमा राेशन बस्याल, काेषाध्यक्षमा रविना क्षेत्री, सह-सचिवमा शिला थापा महत चयन भएका छन् ।
यस्तै गरि, सदस्यमा दिवस श्रेष्ठ, सबिन पाैडेल, सुरक्षा पाैडेल, राजेश ढकाल, अमृत थापा र हरि खरेल चयन भएका छन् ।
शुक्लागण्डकी नगरपालिकामा शुक्लागण्डकी युनेस्को केन्द्र स्थापना भएको २ बर्ष पूरा भएको छ । यस संस्थाले शुक्लागण्डकी नगरपालिका भित्रका विभिन्न सार्वजनिक ठाउँमा सरसफाइ, काेराेना महामारीको समयमा स्वास्थ सामाग्री वितरण, गरिब जनताको लागि खाद्यान्न सामाग्री वितरण लगायतका कार्य गर्दै आईरहेकाे छ ।