दुलेगौँडा । लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले एक विद्यालयलाई थर्मल गन तथा स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ ।आइतबार शुक्लागण्डकी-५ स्थित कुमारी प्राथमिक विद्यालयलाई क्लबले एक थान थर्मल गन,३०० थान मास्क,३०० थान ग्लब्स र ५ लिटर स्यानीटाइजर प्रदान गरेको क्लबका अध्यक्ष सुजन कुमार श्रेष्ठले बताए।

उनले कोरोना भाइरस संक्रमणको जोखिम अझै पनि कायमै रहेको भएपनि शैक्षिक गतिविधि शुरु हुन थालेकाले शिक्षण सिकाईलाई सुरक्षित बनाउन सहयोग पुगोस भन्ने उद्धेश्यले स्वास्थ्य सामाग्री प्रदान गरिएको बताए ।
कार्यक्रममा शुक्लागण्डकी वडा नं-५ का वडाध्यक्ष दीर्घबहादुर थापा,डिष्ट्रिक एडभाइजर दुर्गाकुमार श्रेष्ठ ,जोन चियरपर्सन प्रदिप थापा, लायन क्षेत्रबहादुर थापा(क्षितिज),विष्णु राना ,सृजना राना लगायतले बोलेका थिए । क्लबलाई उक्त स्वास्थ्य सामाग्री आले मेडिकल हल दुलेगौँडा र माछापुच्छे« मेडिकल हल खैरेनीटारले सौजन्य गरेको थियो ।