दुलेगौंडा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले शुक्लागण्डकीको तर्फबाट केन्द्रीय परिचालन समिति सदस्यमा भीष्म श्रेष्ठ मनोनयन गरेको छ ।
पार्टी केन्द्रीय कार्यसमितिको २०७८ चैत्र १५ गते नेपाली काङ्ग्रेसका उपसभापति पूर्ण बहादुर खड्काको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्तर्गत केन्द्रीय परिचालन समितिका गठन गर्ने भएको थियो । सोही निर्णय अनुरुप शुक्लागण्डकीका नेपाली कांग्रेसका सह–सचिव भीष्म श्रेष्ठलाई पार्टीले केन्द्रिय परिचालन समितिका सदस्यमा मनोनयन गरेको हो ।