दुलेगौंडा । नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५३ औं स्थापना दिवसको देशभरी विविध कार्यक्रम गरि मनाईएको छ । जस अन्र्तगत मंगलबार नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिका सह–सचिव एव्म नेवि संघका नेता भीष्म श्रेष्ठको समुहले पनि विपन्न वर्गाका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
श्रेष्ठ समुहले दुर्गा प्राथमिक विद्यालयका करण विक र करिना विक साथै पञ्चमुनिदेव माध्यामिक विद्यालयकी मोनिका परियार र सफल नेपालीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । जहाँ उनिहरुले माक्स, कापी, कलम वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै श्रेष्ठले विपन्न परिवारका बालबालिकाको शिक्षामा थप प्रोत्साहन मिल्ने हुदाँ शैक्षिक सामाग्री वितरण गरेको बताए । देशभरी नेवि संघले विभिन्न कार्यक्रम गर्दा आफु पनि नेवि संघको सदस्य भएको नाताले स्थापना दिवसलाई रचनात्मक ढंगले मनाउने प्रयास गरेको बताए ।
मंगलबार श्रेष्ठ सहित नेविसंघका नेता मनिष अर्याल, शोभा क्षेत्री, सागर सुवेदी, कमल अधिकारी लगायतले विद्यार्थी छनोट गरेर उक्त शैक्षिक सामाग्री हस्तान्तरण गरेको थियो ।