शुक्लागण्डकी जेसिज द्धारा शुक्लागण्डकी नगरपालिका वडा नं ५ झरौटामा रहेको जिपि कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रलाई २५ थान सिलिण्डर हस्तानतरण गरिएको छ ।
कोभिड १९ को संक्रमण बढ्दै गए पछि उक्त अस्पतालमा रहेको कोभिड आईसोलेसन कक्षमा विरामीका चाप बढ्दै जान थालको र धेरै मात्रामा अक्सिजन आवश्यक परेको हुँदा जेसिजको सामाजिक उत्तरदायित्व अन्तर्गत जेसिजका सदस्यहरु मिलि अस्पतालले उपलब्ध गराएको २५ थान सिलिण्डरमा अक्सिन भरि अस्पताल प्रशासनलाई हस्तानतरण गरिएको शुक्लागण्डकी जेसिज बर्ष २०२१ का अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले बताउनुभयो ।
सन् २००३ मा स्थापन भएको शुक्लागण्डकी जेसिजले जेसिजको मुल्य र मान्यता अनुसार सामाजिक कार्यहरुमा विभिन्न गतिविधि गर्दै आईरहेको छ । केही समय अघि मात्र क्लबको आयोजनामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिउको थियो । आवश्यक परेको अवस्थामा जेसिज सहयोगका लागि तत्पर रहेको अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले बताउनु भयो ।