दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाको युवाहरुको भेलाले शनिबार नगरस्तरीय युवा क्लब गठन गरेको छ ।शुक्लागण्डकी-५ ,झरौटामा सम्पन्न भेलाले मनोज बानियाँको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यषमा सीता बराल, सचिवमा चाँदनी लामगादे ,सह-सचिवमा संजोक घले, कोषाध्यक्षमा धिराज खत्री चयन भएका छन् । सदस्यहरुमा राजेश नेपाली,सन्देश महत, सन्तोष पराजुली ,विशल गौतम ,सुस्मिना भुजेल र रेशम महत चयन भएका छन् ।
नवगठित समितिले युवा लक्षित शैक्षिक तथा स्वास्थ्यसंग सम्बन्धित गतिविधिहरु संचालन गर्ने नवनिर्वाचित अध्यक्ष बानियाँले बताए ।तदर्थ समितिका अध्यक्ष गोविन्द महतको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी वडा नं-५ का वडाध्यक्ष दीर्घबहादुर थापा ,वडा नं १० का वडाध्यक्ष रामचन्द्र भण्डारी, युवा संघ तनहुँका नेताद्धय कमल गैह्रे, शरण सापकोटा लगायतले बोलेका थिए ।