सत्ताका लागि मरिमेटने राजनीतिक नेतृत्व लोकतन्त्रमा दलीय महाधिवेशन गर्न हिचकिच्याएको बिगत हामीले देख्यौ । कानुनी प्रावधानबाट बच्न सक्ने अवस्था नरहेका कारण महाधिवेशन गर्न विवश भएको दृष्टान्त सबै नेपालीले महशुस गर्यौ । महाधिवेशनका माध्यामबाट ढिलै भएपनि नेपाली काँग्रेस लगायतका दलहरुले स्थानीय हुदै केन्द्रिय नेतृत्व छनौट गरेका छन् । नेपाली काँग्रेसमा पार्टि सभापति शेरबहादुर देउवा निर्वतमान नहुदै पुनः पार्टिको सत्तारोहण गर्ने भाग्यशाली भए । यति हुदा हुदै पनि फरक धारबाट उमेद्वारी दिएका युवा नेताहरु काँग्रेसको महत्वपुर्ण एंव कार्यकारी पदमा आशिन हुने अवसर पाए । काँग्रेस भित्र झाँगिएको गुटको राजनीतिमा दुरगामी प्रभाव पार्ने गरी काँग्रेसहरु गुटमा मात्र विश्वास गर्दैनन् भन्ने सत्यता यसपटक प्रकट भयो ।
महाधिवेशन स्थलमा गगन र विश्वप्रकाशको माग ननभोटरहरुले पनि गरेको पाइन्थ्यो । झापामा काँग्रेसका नेता कृष्ण सिटौलाको कोपभाजनमा पर्दै आएका विश्वप्रकाश नामले मात्र होइन थला पर्न लागेको काँग्रेसलाई प्रकाश दिने मसिहा बनेर उदाएका छन् । जुन गोरुको सिगं छैन उसैको नाम तिखे भन्ने उक्ति उनको सवालमा फिका सावित भएको छ । देउवा इतर समुहबाट उमेद्वारी दिएका विश्वप्रकाश मतदाताले पनि आँकलन गर्न नसकेको परिणाम ल्याएर विजयी भए । हरेक घटनामा मधुरवाणी र यर्थाथपरक दृष्टिकोण राखि आफ्ना बिचार पस्कने स्वभाव भएकै कारण उनको विजय सुनिश्चित मानिएको थियो । टेलिभिजनमा ऐना कार्यक्रम उनकै प्रस्तुतीको शैली र विषय वस्तुका कारण लोकप्रिय भएको थियो । देउवा प्यानलका विश्वप्रकाशले आफुलाई उक्त टिमबाट यति सम्म निरपेक्ष राखेकी हर कोहिले उनि कुन टिमका हुन् भन्ने भेउ समेत पाउन गाह्रै हुन्थ्यो ।
१४ औ महाधिवेशनको लोकप्रियताले उनि पराजित गर्न नसकिने पात्र बनेका छन् भन्दा अतिशयोक्ति नहोला । त्यस्तै काँग्रेस महाधिवेशनका सेलिब्रेटि बन्न सफल अर्का नेता हुन् गगन थापा । गगन थापा संसदमा काँग्रेसको प्रतिनिधित्व गर्दै अहिले प्रमुख प्रतिपक्ष बनेका एमाले अध्यक्ष केपी ओलीका उरन्ठ्याउला तर्कहिन कर्कष वाणी प्रति कटाक्ष गर्ने साहशी नेता हुन् । २०६१ मा राजाको प्रतिगमनका बेला दरवार तिर औला उठाएर खवरदारी गर्ने गिरिजा प्रसाद कोइरालाकै शैली र साहशमा संसद र सडकमा उनले गरेको शब्द वाण विपक्षीहरुले पनि लुकी लुकी सुन्ने गरेको हामीले देखेकै हो । आन्दोलन होस् वा आफ्ना एजेण्डाको बहशमा दह्रो अडान राख्ने गगन यसका विकल्प भएका छन् । महाधिवेशन स्थलमा हरेकको तर्क थियो चुनावका बेला गगनको ५ मिनेटको भाषण उमेद्वारले जित्नसक्ने कारण बन्ने गर्दछ भने उनलाई कस्ले भोट दिदैन र ।
संविधान सभामा जातिय राज्यको वकालत गरिरहेका माओवादीसंग प्रस्तावको विपक्षमा कडा प्रतिवाद गर्ने नेपाली काँग्रेसका साहशी नेता धनराज गुरुगंले पनि महाधिवेशनमा उपसभापति पदमा विजयी भएका छन् । यस अर्थमा महाधिवेशन महत्वपुर्ण निर्णय र ओजश्वी पात्रहरुको विजयका साथ सम्पन्न भएको छ । नीतिगत झलफल र पार्टिका दृष्टिकोणहरु महाधिवेशन हलबाट तय गर्ने अवसर नपाए पनि पार्टि सदस्यहरुको स्वतन्त्रतामा नेतृत्व छनौट भएको लाई सुखद् नै मान्नु पर्दछ । संविधानसभाबाट बनेको संविधान ६ वर्ष पुगेको समयमा भएका दलका महाधिवेशनमा संविधानमा उल्लेखित समाजवादी कार्यक्रमका बारेमा दलहरुको धारण नआउनुलाई सकारात्मक मान्ने अवस्था अवश्य रहन्न । यसका अलावा नागरिकका मौलिक हकहरुको कार्यान्वयका सन्वन्धमा पार्टिका दस्तावेजहरु नयाँ धारणमा नसमेटिनु उदेक लाग्दो छ । त्यसैगरी शिक्षा स्वास्थ्य र रोजगारी जस्ता नागरिकको गहिरो सरोकार भएका विषयमा पनि दलहरु मौन साध्न मै आनन्द मानेका पाइन्छ । संक्षेपमा भन्दा यि महाधिवेशनहरु पदीय बाडँफाड भन्दा थप कुनै उपलब्धी बिना सम्पन्न भएको भन्न सकिन्छ ।
यद्धपी महाधिवेशन पछि लगतै पार्टिको राजनीतिक, बैचारिक दृष्टिकोणका बारेमा झलफल र निर्णय हुने कुरा बताइएको छ ।
मुलुकमा १० वर्षे माओवादी हिंशा पछि भएको बृहत शान्ति सम्झौतामा उल्ल्ेख भएका सर्तहरु कार्यान्वयनमा आएका छैनन् । सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत गर्नु पर्ने द्धन्दमा पीडित पक्षका समस्या समाधान भएका छैनन् । स्वयम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रि हुदाँ समेत सुल्झीन नसकेको यो विषय माओवादी केन्द्रकै कारण ओझेल पर्दै गएको छ .
माओवादी केन्द्र पनि राष्टिय भेलालाई महाधिवेशनमा रुपान्तरण गरेरै भए पनि विधानलाई सर्बोपरी मान्दै महाधिवेशन सम्म आइपुगेको छ । १८४८ मा प्रकाशित कम्युनिष्ट म्यानुफ्यास्टोलाई धर्मशास्त्र र यसका रचयिता माक्र्सलाई धर्म पिता मान्दै आएका कम्युनिष्ट शक्तिहरु लोकतन्त्ररुपी नदीमा पौडिखेलिरहदा आनन्दको अनुभुति गरिरहेका होलान् । माक्र्सले प्रतिपादन गरेको बर्ग सघर्षको परिभाषामा अहिले विश्वलाई विभेद र उत्पीडनको ज्वालामा तडपाइरहेको लिंग, जाति र रंगभेद जस्ता विषयहरु पर्दैनन् भन्दा अनौठो लाग्दो हो । अझै पनि कम्युनिष्ट शब्द र सुर्य चिन्हंसंग जोडिएको कम्युनिष्ट ढुकढुकी आफ्नो पक्षमा पार्न माधव नेपालहरु छोडि गए पनि प्रचण्ड लालायित भएको तथ्य बाहिर आएको खासै धेरै भएको छैन । भरखरै सम्पन्न दुवै कम्युनिष्ट शक्तिहरुका महाधिवेशनबाट लोकतान्त्रिक रुपान्तरणको आशा गरिए पनि निर्वाचन प्रकृर्यामा खासै सुधार देखिएन .
तर नारायणी किनारमा लागेको एमाले जनहरुको भिडले केपी ओली कस्लाई काखि च्याप्दैछन् भन्ने बुझ्न सम्म सकिरहेका थिएनन् । करीब दुई तिहाइको सरकारलाई आफ्नै पार्टिको आन्तरीक कलहका कारण घाटमा पु्याएका के पी ओलीको बिकल्प एमाले जनले सोच्न पनि सकेनन् । एमाले र माओवादीका अधिवेशनहरु हेर्दा तुम नहिं सुध्रौगे भन्न सकिन्छ । २०४९ सालको पाँचौ महाधिवेशनबाट जनताको बहुदलीय जनवादको नयाँ कार्यनीति प्रतिपादन गरेका मदन भण्डारी अहिले हामीबीच हुनुहुन्न । राजनीतिमा उहाँले देखाएको लोकतान्त्रिक अभ्याशको बाटो उहाँकै शासनशैलीबाट नेपाली जनताले देख्ने अवसर पाएनन् । यसकारण पनि नेपालको राजनीतिमा उदाएका करिस्मेटिक कम्युनिष्ट नेता मदन भण्डारी सबै नेपालीको मनमा छाएका छन् । एमालेकै अर्का नेता मनमोहन अधिकारीलाई पनि बिराटनगर जुटमिल देखिको सघर्ष र निश्चछ छवीका कारण धेरै नेपालीले सम्झने गरेका छन् । नेपालको राजनीतिमा उदाएका केहि यस्ता ब्यक्तित्वहरुको असमयमै अन्त्य हुनु मुलुककै दुर्भाग्य हो । वर्तमान राजनीतिको शासकीय स्तरमा रहेका उच्च नेतृत्व तहका पात्रहरुको रबैया कुनै नेपालीले मनपराएको अवस्था छैन । देशको यस्तो दुरावस्थामा पनि यिनको मन पोल्दैन । यिनिहरु आत्मा इश्वर र परलोकको चिन्ता नभएका जड मानव जस्ता देखिएका छन् । सत्ता सत्ता र सत्ता भन्दा पर केहि नदेख्ने मनोदशाबाट यिनिहरुको दैनिकी बितेको छ । मलेशिया र खाडीको श्रमले वचाएको देशमा उध्योग खुल्दैनन । मुलुकमा गत एक वर्षमा ९ खर्व ६८ अरव रेमिट्यान्स भित्रिएको छ भने १५ खर्व ३९ अर्वको वस्तु आयात भएको छ । त्यस्तै १ खर्व ४१ अरव निर्यात भयो भने १३ खर्व ९८ अरवको व्यापार घाटा भएको छ । कठै ओलीको स्वर्ण यूग कठै दुइतिहाइको सरकार ।
कतिपय प्राकृतिक विपत् र मानव सिर्जित महामारीका कारण मानवजीवन कष्टकर बनेको छ । प्राकृतिक रूपमा छैटौँ शताब्दीमा फैलिएको जस्टिनियम प्लेग, १४औँ शताब्दीको ब्ल्याकडेथ, १७औँ–१८औँ शताब्दीकोे ग्रेट प्लेग, इबोला, एड्स, स्वाइनफ्लु, बर्डफ्लु, २१ औ शताब्दीमा आएको कोरोना महामारी जस्ता वेलाबखत आउने महा संकटका कारण धेरै मानिसको ज्यान गयो । अहिले तेस्रो भेरिण्टकारुपमा ओमिक्रोनले विश्व मानव मस्तिष्कनै हल्लाएको छ ।
सन् १९१८ को स्पेनिस–फ्लुका कारण करिब पाँच करोडभन्दा बढी मानिसको मृत्यु भयो । भारतमा मात्रै एक करोड ८० लाख मारिए भने अमेरिकामा ६ लाख ७५ हजारजति मारिए । स्पेनिस–फ्लुबाहेक अन्य महामारीले संसारभरि कोरोनाले जति यो स्तरको हलचल पैदा गराएन । एक अध्ययन अनुसार सन् २०१७ मा २० लाख ६५ हजार मानिसको मृत्यु निमोनियाका कारण भएको थियो ।
निमोनियाका कारण नाइजेरियामा एक लाख ६२ हजार, भारतमा एक लाख २७ हजार, पाकिस्तानमा ५८ हजार, कंगोमा ४० हजार, इथियोपियामा ३२ हजार बालबालिकाको मृत्यु भएको थियो । भारतमा मात्रै निमोनियाका कारण प्रत्येक एक घन्टामा पाँच वर्षमुनिका १४ बालबालिकाको मृत्यु हुन्छ ।
संसारका ८२ अर्ब १० करोड अर्थात् १० प्रतिशतभन्दा बढी मानिस अत्यन्तै गम्भीर प्रकारको कुपोषणबाट ग्रसित छन् । युनिसेफको तथ्यांकअनुसार पोषणयुक्त खानेकुराको अभावमा प्रत्येक वर्ष ३१ लाखभन्दा बढी बालबालिकाको मृत्यु हुन्छ । यसरी विश्वमा महामारी कुपोषण र वातावरण प्रदुषणका कारण भयावह स्थिति सृजना हुने गरेको विभिन्न् तथ्याडकहरुले देखाएका छन् । त्यसैले राजनीतिको दुष्चक्र, वातावरण प्रदुषण, अविकास, गरीबी पछौटेपन र भष्टाचारको जालोबाट मुक्त हुन नागरिक सचेतता संगै दलहरुको नयाँ नेतृत्वले सोच्नु पर्ने बेला आएको छ । त्यसैले मुलुकमा सम्बृद्धि ल्याउन आर्थिक सम्पन्नता मात्र होइन अन्य संरचनाको दिगो प्रभावकारी र मानवमैत्री विकास आवश्यक रहन्छ ।
एक पछि अर्को भेरियण्टका साथ हाम्रै घर आँगनमा आउने दैवी प्रकोप, महामारीबाट बच्न सचेत बनौ । साथै सम्वन्धित निकाय, नागरिक तहमा कार्यरत संघसस्थाहरु जनप्रतिनिधि, प्रशासन र सरकार स्वयम यसमा सचेत हुदै प्रभावकारी सेवा नागरिकको तह सम्म पुर्याउन कुनै कसर बाकीँ राख्नु हुदैन । नागरिकमा पनि सचेतना जरुरी रहन्छ जसका कारण आफु आफ्नो परिवार, छिमेक स्वस्थ हुन मद्धत्त पुग्नेछ । भूकम्पको विपत्तिको करिब पाँच वर्षपछि अहिले कोरोनाका कारण संसार आतंकित छ । दक्षिण एसियाको अवस्था हेर्ने हो भने कोरोनाका कारण सबैभन्दा बढी समस्या गरिब, श्रमिक, मजदुर र सीमान्तीकृत समुदायले भोग्ने निश्चत छ । स्वास्थ्य संकटको अवसर छोपेर कमिसनका लागि सरकारका मन्त्री जमानी बसेर निगमको जहाज निजी कम्पनीलाई उपलब्ध गराउने । तिनै व्यापारीबाट औषधि खरिद गर्ने सरकार, जनताको स्वास्थ्य अधिकारप्रति उत्तरदायी र जिम्मेवार हुन्छ भनेर हिजका दिनमा विश्वास गर्न सकिने अवस्था थिएन । तर आज सरकार फेरीएको छ फेरीएको सरकारले यो हदको निकृष्टता नदेखाउला भन्ने नागरिकको अपेक्षा छ । यो सरकारका लागि संकाको सुविधा मात्र हो । (हरि वाग्ले)