• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ ३०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home साहित्य

राजमार्ग छेउको बासिन्दा हुनुको पीडा !

हरि खरेल by हरि खरेल
December 10, 2021
in साहित्य
A A
0
राजमार्ग छेउको बासिन्दा हुनुको पीडा !
Share on FacebookShare on TwitterEmail this

बर्षौदेखि घाम लागे धुलो र पानी पर्दा हिलो हुने पृथ्वी राजमार्गको कथा र मेरो ब्यथा लेख्दै छु । मेरो घर तनहुँ शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा पर्छ । राजमार्गदेखि करिब ५० मिटर आसपासमा । अहिले पनि गाउँदेखि बसाँई सरेर राजमार्ग छेवैमा घर बनाउन चाहानेहरुको कमि छैन । तर, राजर्माग छेवैमा घर भएर पनि मलाई भने गाउँ नै फर्कौ जस्तो भइरहेको छ । कारण, राजर्मागको अवस्था । संधैभरिको धुलो र धुवाँले राजमार्ग छेउको मेरो बसाँई नरकमा भएको अनुभुति गरेको छु ।

म विगत १५ बर्षदेखी यही ठाउँमा बस्दै आएको छु । ईतिहास त थाहा नहोला तर अवस्था भने भोग्दै आएको छु । राजमार्ग भनेको कालोपत्रे गरेको, सलल गाडिहरु गुड्ने बाटो भन्ने बुझिन्छ । तर, मैले १५ बर्षदेखि भोग्दे आएको अनुभवले भने राजमार्ग भनेको खाल्डा खुल्डी, कतै कतै मात्र कालोपत्रे देखिने, पानी पर्दा रोपाई गर्न मिल्ने र घाम लाग्दा धुलो उड्ने भनेर बुझेँ ।

मैले ५ कक्षासम्म नजिकैको शिला प्रा.विमा पढे । विद्यालय जादाँ आमाले ‘बाटो खराब छ, धुलोले बसहरु अगाडीबाट आएको पत्तो हुदैन, नानि (ठूलो बुबाको छोरी) भाईलाई राम्रोसंग बाटो काटेर लैजा है’ भनेको कुरा अझै पनि मेरो मनस्पटलमा घुमिरहन्छ । यो कुरा अहिले आएर राम्रोसंग बुझ्दा, राजमार्ग अहिले मात्र हैन्, पहिले देखि नै यस्तै रहेछ ।

मैले आजसम्म थाहा पाए अनुसार पृथ्वी राजमार्ग अन्र्तगत पर्ने दुलेगौंडा–कोत्रे सडक खण्ड प्रत्येक बर्ष मर्मत भएको छ । तर मर्मत भएको महिना दिन पनि नपुग्दै सडकमा अनौठा खाल्डा खुल्डी पनि देख्न पाईन्छ । लाग्छ, नेपालमै नमुना र जादुमय बाटो हाम्रै पृथ्वी राजमार्ग अन्र्तगतको दुलेगौंडा–कोत्रे खण्डको बाटो हो ।

कक्षा ११ पढ्दै गर्दा पत्रकारीता क्षेत्रमा प्रवेश गरे । यो अवसर तनहुँ खबरका कार्यकारी सम्पादक अशोक विश्वकर्मा सरले दिनुभयो । पत्रकारीता पेसा अंगाले यता यस राजमार्गको बिषयमा पटक पटक भिडियो, समाचार प्रकाशन र प्रशारण पनि गरे । र,पनि राजमार्गको अवस्था सुधार हुन सकेन । समाचार बाहिरिएपछि माटोले खाल्डा पुर्ने र कालोपत्रे गरि हाले पनि गुणस्तरहीन देखावटी मात्र गर्ने विकार संस्कृति बसिरह्यो । गत साउन ५ गते रेडियो ढोरबारहीका स्टेशन म्यानेजर राजकुमार आले सर र म भएर राजमार्गको बिषयमा स्थलगत रिर्पाेटिङ्ग ग¥यौ । जहाँ हेर्दापनि ठुलो सानो खाल्डो देखिपछि खाल्डोको संख्यै गन्ने निर्णमा पुग्यौ । दुलेगौडा देखि कोत्रेसम्मको करिब ४ किमी दुरीमा ३ सय ६७ वटा खाल्डाखुल्डी पाएका थियौं । यहि हालतको बाटो भएर दैनिक हजारौ गाडी गुड्छन् । खाल्डामा परेर कति पछारिए, थेचारिए र बजारिए कुनै हिसाब नै छैन ।

बाटोलाई लिएर यात्रु र स्थानीयहरुको व्यापक गुनासो र आक्रोश सुनियो । मलाई अझै याद छ,रिर्पाेटिङ्गकै क्रममा पोखराबाट खैरेनीटारतर्फ आउँदै गरेकी स्कुटर चालक सुनिता गुरुङ बीच बाटोमा धेरैबेरसम्म रोकिरहिनन् । अगाडी बढ्नै सकिनन् । पछि हामीसंग कुरा गर्दै उनले भनेकी थिईन्– ‘दुर्घटनामा परि ज्यानै जान सक्ने अवस्था छ, यो बाटो कस्ले हेर्ने हो, उहाँहरुले देख्न त देख्नु भएको छ होला ? कि देखेर नि नदेखेको जस्तो गर्नु भएको हो कि? नेपालमा जे गरे नि चल्छ भनेर बस्नु भएको हो की?’ उनले सरोकारवाला निकायलाई गरेको प्रश्नै प्रश्नको अगाडी मैले अर्काे प्रश्न गर्न सकिन ।

म आफै उदयीमान पत्रकार, दैनिक त्यही बाटो भएर क्याम्पस, कार्यालय आउने जाने गर्दछु । उक्त समस्या देखि म आफै वाक्क दिक्क भईसकेको छु । घरतिरका आमाबुबा तथा समाजसेवी व्यक्तिहरुले पनि बाटोको बिषयमा लेख्न प¥र्याे समाचार, आधा उमेर त धुलोले नै घटाउँछ कि क्या हो ? भन्दै उहाँहरुले चिन्ता व्यक्त गर्नुहुन्थ्यो । म सोच्दै कार्यालयसम्म आउथे र सडक डिभिजन कार्यालयका सरोकारवाला व्यक्तिलाई जनताबाट आएका गुनासोको प्रति प्रश्न गर्थे । तर सडक डिभिजन कार्यालयको जवाफ ‘हामीले केही गर्न सक्दैनौँ भन्ने आउँथ्यो । यस्तो जवाफले मलाई सडक डिभिजन कार्यालय मुर्ति समान लाग्न थाल्यो ।

राजमार्गबाट उड्ने धुलोले म मात्रै होईन यस क्षेत्रका जनताको स्वास्थ्यमा कति असर पारेको छ भनेर कुनै हेक्का नै छैन् । सम्बन्धीत निकायले चासो नदिदाँ ‘नेपालको सस्तो पाउडर हो’ भनेर सहेर बस्नु परेको छ । विहान उठेर छतबाट खुल्ला हावा लिउ भन्दा पहिला धुलाको कर्ण मुखभित्र प्रवेश गरेको आभाष हुन्छ ।

जनताको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव परेको हुदाँ चाडै बाटो मर्मत गर्नका लागि नागरिक समाजले असोज २३ गते सडक बन्द पनि गरेको थियो । तर जति बन्द गरेता पनि अवस्था भने परिवर्तन हुन सकेन । बन्द गर्ने क्रममा स्थानीय गोमा थापाले भान्सा, सुत्ने ओछ्यान सवै धुलोले सेतै हुने र दिनमा कम्तिमा ८÷१० पटक घर सफा गरिरहनु परेको सुनाईन । साथै, उनि आक्रोशित हुदै भनिन् ‘नेताहरु सवै आफ्नै स्वार्थमा लिप्त भए । जनताको पिर–मर्काबारे उनीहरुलाई कुनै मतलबै छैन । अबको चुनावमा कुन मुख लिएर भोट माग्न आउँछन् हेरौला ।’ यसले पनि जनताहरु सरकारप्रति कति आक्रोशित छन भनेर स्पष्ट हुन्छ ।

दुलेगौँडादेखि कोत्रेसम्मको यात्रा गर्ने हो भने धुलाले मान्छे चिन्न सकिदैन । तर, नेपालमा सरकारले विदेशी पाहुना÷नेता दुई तीन दिनको भ्रमण गर्न आउदाँ नक्कलि विरुवा लगाएर, सडक वरीपरि ब्यानर टासेर, खाल्डाखुल्डी पुरेर रमिता देखाउने गर्दछ । तर बर्षाै देखि धुलो र हिलोको कारण सास्ती खेपेका जनताको घर अगाडी धुलो कम गर्न पानी समेत हाल्ने फुर्सद पाएको छैन ।

संघिय सरकारको बजेटमा मुग्लिनदेखि कोत्रेसम्मको चार लेनको सडक विस्तारको लागि चाइनिज कम्पनीलाई ठेक्का दिएको थियो । पश्चिमी क्षेत्रमा काम सुरु भईसकेको छ भने पुर्वीय क्षेत्रमा अझै पनि काम हुन सकेको छैन् । हामीले असोज २३ गते पुर्वीय खण्डको परियोजना व्यवस्थापक प्रेम प्रकाश खत्रीसंग कुराकानि गर्दा ‘भर्खरै सम्भौता भएर तीन जना चाइनिजहरु आइपुगेका छन् । निर्माण सामाग्री तथा मेशिन ल्याउन बाँकी रहेकाले काम शुरु हुन सकेको छैन् । अब चाडै हामीले काम सुरु गर्ने छौं ’ भनेका थिए । तर यतिका दिनसम्म पनि काम हुन सकेको छैन् । यतिका बर्षसम्म पनि सडक मर्मत नहुनुमा हामीले जिताएर पठाएका जनप्रतिनिधिको चासो नहुनु हो । यसका लागि सबैले चासोका साथ बाटो मर्मत गर्नका लागि सम्बन्धित निकायलाई खबरदारी गर्न आवश्यक छ ।

👉 अन्य सम्बन्धित खबरहरु

खनालकाे `जीवन बाेध´ कृति विमाेचन
साहित्य

खनालकाे `जीवन बाेध´ कृति विमाेचन

December 13, 2025
नयाँ गीत ‘होली सररर’ सार्वजनिक
साहित्य

नयाँ गीत ‘होली सररर’ सार्वजनिक

March 8, 2025
कविता: गुनासो
अन्य

कविता: गुनासो

July 26, 2023
साहित्य

कविता प्रतियोगितामा बेबिसा प्रथम

May 13, 2023
शुक्ला साहित्य सङ्गममा आचार्य
साहित्य

शुक्ला साहित्य सङ्गममा आचार्य

December 31, 2022
केशब घिमिरेले लिएर आए मेयरको सालो
साहित्य

केशब घिमिरेले लिएर आए मेयरको सालो

August 1, 2022

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • कर सम्बन्धी तालिम सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.