अहिलेको २१ औं सतब्दीमा जन्मदिन मनाउने को परिपाटी केक काट्ने, साथीभाई को रमाइलो मद्यपानमा रमाउने गरेको पाइन्छ।उक्त रीति लाई चिर्दै वर्ष को १ दिन भएपनि दिन दुखी हरुलाई सहयोग गर्नुपर्छ भन्ने भावनालाई आत्मसाथ गर्दै यो कार्यको सुरुवात गरेका छन्।
आज जन्मदिनको अवसर पारेर तनहुँ शुक्लागण्डकी वडा नम्बर ९ निवासी विमल भुजेल लाई न्यानो कपडा (ट्रयाक,पञ्जा, ट्राउजर, टोपी र मोजा )१-१ थान शुक्लागण्डकी नगरपालिका वडा नं ८ का मिलन महत ज्यूले सहयोग गर्नु भएको थियो। चिसो मौसम बढ्दै गरेको अवस्थामा न्यानो कपडा पाएका विमल हरसिस्त देखिन्थे।
उक्त कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वार्ड न ९ का वडा अध्यक्ष श्री लोकनारायण श्रेष्ठ सोही वडाका वडा सदस्य डिल बहादुर थापा र सुनिता सुनार लगायत ले जन्मदिनको शुभकामना सँगसँगै राम्रो कार्य गरेकोमा धन्यवाद व्यक्त गरेका थिए। उक्त कार्यक्रममा महतसँगै अनेरास्ववियु तनहुँका सचिवालय सदस्य सुमन श्रेष्ठ,युवा संघ का पूर्व क्षेत्रीय सदस्य अशोक महत , ढोर बराहि युवा क्लबका अध्यक्ष रविन्द्र पौडेल, सदस्य ईश्वर सुवेदी लगायत सहभागी भएका थिए।
अन्ततः शुक्ला न्यूज को तर्फबाट पनि मिलन महत ज्यू लाई जन्मदिनको शुभकामना व्यक्त गर्दछौं।जन्मदिन मनाउने यो नयाँ खालको सुरुवात हरेक युवाले सिक्नुपर्ने देखिएको छ।