स्वास्थ्य निर्देशनालयद्वारा आज जारी चारवटा विज्ञप्ति अनुसार गण्डकीका थप १७८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका १० जिल्लाका छन् । जसअनुसार कास्कीको पोखरा महानगरमा १०० जना, तनहुँमा २१ जना, गोरखामा १३ जना, लमजुङमा २३ जना, नवलपुरमा ९ जना, स्याङ्गजामा ३ जना, पर्वतमा २ जना, बाग्लुङमा ४ जना, म्याग्दी १ जना र मुस्ताङ जिल्लाका थप २ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ८ सय ६२ पुगेको छ ।
शनिबार पनि गण्डकीमा कोरोना संक्रमणका कारण थप चारजनाको मृत्यु पुष्टि भएको छ ।
आज मृत्यु भएका संक्रमित पोखरा महानगरपालिका वडा नं -१५ निवासी ५२ वर्षीय पुरुष, पोखरा -१० का ६९ वर्षीय वृद्ध, तनहुँ रिसिङ गाउँपालिका -८ निवासी ७८ वर्षीया वृद्धा र लमजुङ मध्यनेपाल नगरपालिका -६ निवासी ८५ वर्षीय वृद्ध रहेका छन् । उनीहरु सबैको पोखरा विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५२ पुगेको निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माले जानकारी दिए ।