• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ ३०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

पिल्लर ‘नाप्न’ नजान्दा रोकियो आकाशे पुल निर्माण

Staff Reporter Staff Reporter
November 28, 2020
- स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

राजधानीको आकाशे पुल (स्काई ब्रिज)को फाइदाबाट मोहित भएर पोखराको सिर्जनाचोकमा पनि निर्माण शुरु गरिएको संरचना अहिले स्थगित भएको छ ।

पोखराको सौन्दर्यकरण हुने र पैदलयात्रीलाई सडक पार गर्न सजिलो हुने हेतुले निर्माण सुरु गरिएकोे काम त्यतिबेला रोकियो जब आकाशे पुलको पिल्लरलाई छेउछाउमा रहेको बिजुलीको पोलले अवरोध ग¥यो । चोकको चारै कुनामा रहेको बिजुलीको ६ वटा पोलको उचाईले पिल्लरलाई अवरोध गरेको हो ।

निर्धारित समयमै काम सक्ने गरी सुरु गरिएको निर्माणमा आकाशे पुलको पिल्लर ठडिएपछि बल्ल महानगरको चेत खुल्यो । गतवर्ष जेठ ५ गते महानगरले २ करोड ३० लाख रुपैयाँमा आकाशेपुल निर्माणको काम ०७७ साउन २७ गते सम्पन्न गर्ने सम्झौता गरेको थियो । निर्माण कम्पनी केएमजेबिएनएस पोखरा जेबीले आकाशे पुल बनाउने जिम्मा पाएको थियो ।

समयमै सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कार्य यतिबेला महानगरकैै कारण रोकिन पुगेको छ । कुनैपनि संरचना निर्माणपूर्व साइटको अध्ययन गर्ने गरिन्छ । उसो त पुल निर्माणका लागि पोखरा महानगरले सम्झौता हुनुपूर्व एक वर्ष अगाडि डिजाइन तयार गरेको बताएको थियो ।

तर अहिले भने महानगर कमजोर अध्ययनले पुल निर्माणका लागि बिजुलीको पोल बाधक बनेको स्वीकार्न हिच्किचाएको छ । यद्यपि, पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले भने पहिले जे भएपनि अब समाधान खोज्नेतर्फ लाग्ने बताए । ‘पहिले जे भयो सकियो अब के गरेर निर्माण कार्य अगाडि बढाउन सकिन्छ हाम्रो विषय त्यो छ, हामी प्राधिकरणसँग समन्वय गर्दैछौँ’ उनले भने ।

उनका अनुसार अब छिटै नै बाधक बिजुलीको पोल हटाएर निर्माण कार्य थालनी गरिन्छ । अहिले आकाशे पुलको पिल्लर हाल्ने काम समेत सकिएको छ । ४ स्थानबाट पुलमा झर्ने र चढ्ने गरि ठड्याइएको पिल्लर जोड्ने काम मात्र बाँकी छ । निर्माण कम्पनी केएमरजेबिएनएसका संचालक सोम थापाका अनुसार कम्पनीलाई काम सक्न बाधक बिजुलीको पोल बनेको छ । उनले भने, ‘११ हजार भोल्टको बिजुलीको पोल हटाईदिए निर्माण कार्य सक्न १ महिना पनि लाग्दैन ।’

थापाका अनुसार पुल निर्माणका लागि चाहिने ९० प्रतिशत सामान कम्पनीको स्टकमा छ । कम्पनीमार्फत निर्माणकार्यमा सुस्ताई वा लापरवाही केही भएको छैन । ‘महानगरले ठेक्का दिनु पहिले साइट क्लीयर गरेर दिनुपथ्र्यो, सम्बन्धितसँग पहिले समन्वय गरेर हटाउनुपथ्र्यो’ उनले भने ।

👉 अन्य सम्बन्धित खबरहरु

अनुशासन आयाेगकाे सचिवमा अधिकारी निर्वाचित
स्थानीय समाचार

अनुशासन आयाेगकाे सचिवमा अधिकारी निर्वाचित

June 13, 2025
बालश्रम विरुद्धमा विद्यार्थीसँग अन्तरक्रिया
स्थानीय समाचार

बालश्रम विरुद्धमा विद्यार्थीसँग अन्तरक्रिया

June 12, 2025
शुक्लागण्डकीको प्रस्तावित लोगो सार्वजनिक
स्थानीय समाचार

शुक्लागण्डकीको प्रस्तावित लोगो सार्वजनिक

June 12, 2025
लायन्सले गरिदियाे १३ परिवारकाे स्वास्थ विमा
स्थानीय समाचार

लायन्सले गरिदियाे १३ परिवारकाे स्वास्थ विमा

June 12, 2025
सेती नदिमा पुरूषकाे शव फेला
स्थानीय समाचार

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025
तनहुँकी स्मृति अनुशासन आयाेगमा सचिवकाे उम्मेदवार
स्थानीय समाचार

तनहुँकी स्मृति अनुशासन आयाेगमा सचिवकाे उम्मेदवार

June 11, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
सेती नदिमा पुरूषकाे शव फेला

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • अनुशासन आयाेगकाे सचिवमा अधिकारी निर्वाचित
  • बालश्रम विरुद्धमा विद्यार्थीसँग अन्तरक्रिया
  • शुक्लागण्डकीको प्रस्तावित लोगो सार्वजनिक
  • लायन्सले गरिदियाे १३ परिवारकाे स्वास्थ विमा
  • तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.