तनहुँको व्यास नगरपालिका वडा नम्बर ५ मा रहेको मानहुँकोटमा दैनिक जाने पर्यटकले आफुले लागेको खानेकुराबाट निस्कने फोहोर व्यवस्थापन नगर्दा फोहोरको थुप्रो बढ्न थालेको छ ।सोमबार बिहान व्यास-४ दमौलीमा रहेको व्यास युथ क्लबले मानहुँकोटमा सरसफाइ गरेको छ । मानहुँकोट सफा र सुन्दर बनाईराख्न सरसफाई गरिएको क्लबले जनाएको छ ।सूर्योदय, बादलले ढाकिएको सुन्दर दृश्य र हिमाल हेर्नको लागि मानहुँकोटमा आउने क्रम पछिल्लो दिनमा बढिरहेको छ ।
यसअघि पनि विभिन्न संघसस्थाहरुले पटकपटक सरसफाई गर्दै आएका छन् । सरसफाई गरेको केहि दिन भित्रै पुन: फोहोरको थुप्रो हुने गरेको छ ।
त्यसैले आफुले गरेको फोहोर घुम्न/बस्न जाने आफैले व्यवस्थापन गरे मानहुँकोट सधै सफा रहन्थ्यो ।