पोखरा गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै गण्डकी प्रदेशमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७५ पुगेको छ।
कास्की जिल्ला, पोखरा महानगरपालीका– १८ का ८१ वर्षीय पुरुष संक्रमतिको मृत्यु भएको छ। एनको शुक्रबार बिहान मृत्यु भएको हो। उनको कात्तिक १२ गते कोरोना पृष्टि भएको थियो।
त्यस्तै स्याङ्जा जिल्ला वालिङ नगरपालिका– ५ का ७० वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बिहान ८ः३५ मा मृत्यु भएको छ।
उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको आइसियुमा उपचारका क्रममा मृत्यु भएको हो। उनी कात्तिक ९ गते कोरोना पृष्टि भएर अस्पतालमा भर्ना भएकी थिइन्।