राईपुर । सामाजिक कार्यमा सक्रिय रहदै आएको लायन्स क्लबले तनहुँको शुक्लागण्डकी–११ राईपुर हटियालाई लायन्स नमुना उद्यमी गाउँ घोषणा गरिएको छ । आज शुक्लागण्डकी ११ पिपलछापमा नमुना उद्यमी गाउँ शुभारम्भ कार्यक्रम गरेको थियो ।
कार्यक्रममा बोल्दै लायन्स क्लव अफ अन्तराष्ट्रिय डिष्ट्रिक ३ सय २५ बी वान नेपालका गर्भन विशेश्वर आचार्यले पछिल्लो समय लायन्सले गर्ने नियमित सेवाका कार्यसंगै नमुना उद्यमी गाउँ बनाउने अभियानमा लागि परेको बताए । उनका अनुसार कुनै एक गाउँको छनोट गरी क्लबहरुले गर्ने वर्षभरीका सबै कार्यहरु सोही गाँउमा सम्पन्न गर्ने गरी लायन्स नमुना गाँउको परिकल्पना गरिएको बताए । लायन्स क्लब गरिब जनताको साथि रहेको बताए । साथै उनले समस्यामा परेका नागरिकहरुलाई सहयोगी भूमिका निर्वाह गर्दै आएको बताए ।
नमुना गाउँ घोषणा कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर किसान गुरुङ सामुहिक प्रायसबाट मात्र उद्यमी बन्न सकिन बताए । साथै लायन्सले चालेको यस कदमले स्थानीय जनतामा उद्यमी बन्नका लागि थप हौसला मिल्ने बताए ।
उक्त कार्यक्रममा लायन्स क्अब अफ तनहुँ शुक्लागण्डकी टाउनले २५ हजार रुपैयाँ, लायन्स क्लव अफ भिमाद ग्रिन सिटीले ५० हजार रुपैयाँ, लायन्स मोडेल भिलेज तनहुँका प्रमुख कृष्ण पौडेलले ३० हजार रुपैयाँ, रिजन चेयर पर्सन प्रदिप थापाबाट २५ हजार, क्लष्टर चिफ सन्तोष घिमिरबाट २५ हजार, जोन चेयर पर्सन राज बहादुर थापाबाट २५ हजार र जोन चेयर पर्सन मिन बहादुर लामिछानबाट २५ हजार गरि २ लाख ५ हजार रुपैया सहयोग हस्तान्तरण गर्ने घोषणा गरेका थिए ।
सोही कार्यक्रममा किसानका र महिलालाई उद्यमी बनाउन कृषि औजार, बाख्राका माउ वितरण, महेन्द्र माविका विद्यार्थीहरुलाई ट्रयाक सुट सेट वितरण गरिएको लाईन्स मोर्डन भिलेज तनहुँका चिफ कृष्णप्रसाद पौडेलले जानकारी दिए ।