बेलचौतारा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा वडा कमिटीको गठन गरिएको छ । आज सम्पन्न भएको वृहत कार्यकर्ता भेला मार्फत उज्जवत थापाको अध्यक्षतामा १ सय १ सदस्य कमिटीको गठन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा धन बहादुर महत, मनुमाया रानाभाट र बुद्धिबहादुर वि.क रहेका छन् । यसै गरि सचिवमा संञ्जय थापा सार्की र सह सचिवमा सुमन गुरुङ चयन भएको एकीकृत समाजवादी जिल्ला सदस्य एवम् नगर अध्यक्ष दुर्गा कुमार श्रेष्ठले जानकारी दिए ।
वृहत कार्यकता भेलालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका केन्द्रिय सदस्य रेखा थापा बस्यालले समाजवादी आन्दोलनले कम्युनिष्ट अन्दोनलाई सहि बाटोमा हिडाउनका लागि अग्रसर रहने बतईन ।
नगर कमिटीका सचिवालय सदस्य नारायण दत्त वाग्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजवादीका प्रदेश सदस्य चित्र थापा, जिल्ला सदस्य दीर्घबहादुर थापा, रामबहादुर थापा क्षेत्री, रेशम सेन्चुरी लगायतको उपस्थिती रहेको थियो भने नगर कमिटीका सचिव कमल ढकालले कार्यक्रमको संञ्चालन गरेका थिए । आजै सोही कार्यक्रममा उत्सव भुजेलको अध्यक्षतामा ५७ सदस्य कमिटीको गठन गरिएको समाजवादीका नगर अध्यक्ष श्रेष्ठले बताए ।