दुलेगौंडा,
दुलेगौंडामा रहेको शुक्लागण्डकी एफ एमले छैटौ बर्ष प्रवेश गरेको अवसरमा आज रक्तदान कार्यक्रम आयोजना गरी मनाएको छ । सो अवसरमा २५ युनिट रकम संकलन भएको एम एमका स्टेसन म्यानेजर राजन पोख्रेलले बताउनु भयो ।
तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेघाहर्जले सोहि अवसरमा विजयादशमी, दिपावली, छट पर्व २०७८, नेपाल संवत ११४२ को पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको थियो ।रक्तदानको शुभारम्भ रेडियोका कार्यबाहक अध्यक्ष ज्योती श्रेष्ठले संस्थापक अध्यक्ष नारायण श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरि गरिएको थियो ।
सो कार्यक्रममा बोल्दै सस्थाका संस्थापक अध्यक्ष नारायण श्रेष्ठले रेडियोलाई सहकार्य गर्ने सम्पूर्ण संस्था, विज्ञापनदाता, शेयर सदस्य र कर्मचारीलाई धन्यवाद दिदै आगामी दिनमा सहयोग रहने विश्वास व्यक्त गरे । कार्यबाहक अध्यक्ष ज्योती श्रेष्ठले छोटो समयमा रेडियोले स्रोताको मन जित्न सफल भएको उल्लेख गरे । रेडियोका अध्यक्ष ज्योती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव ऋषेश्वर भुवाई ‘ऋतु’, लेखा समिति संयोजक ठान प्रकाश न्यौपान, प्रसारण समिति संयोजक टिकाराम श्रेष्ठ, सञ्चालक समिति सदस्य सुजित हिराचन, सल्लाहकार आनन्द सुन्दर श्रेष्ठ, स्टेसन मेनेजर राजन उपाध्याय लगायतले शुभकामना व्यक्त गरेका थिए ।