दुलेगौंडा
शुक्लागण्डकी नगरपालिकाले बुधबार संचालन गरेको अपाङ्गता परिचय पत्र बितरण कार्यक्रममा थप १८ जना व्यक्तिहरुले अपाङ्गता परिचय पत्र प्राप्त गरेको छन् ।
बुधबार क बर्गको २, ख बर्गको १४ र ग बर्गको २ गरि १८ वटा परिचय बितरण गरीए संगै हालसम्म नगरपालिकाबाट अपाङ्गता परिचय पत्र लिनेको सङ्ख्य ६७८ पुगेको सामाजिक बिकास शाखा प्रमुख हिमा पोख्रेलले बताईन । स्थानीय सरकार संचालन ऐन २०७४ कार्यान्वयनमा आए संगै नगरपालिका कार्यविधि बनाई अपाङ्गता परिचय पत्र बितरण शुरु गरे पछी सेवाग्राहीहरुलाई सदरमुकाम जानु पर्ने झन्झट टरेको छ । नगरपालिकाले सेवाग्राहीहरुको समबेदनसिलता हेरेर बिगतमा वडा वडा वा पाएक पर्ने स्थानमा गएर समेत परिचय पत्र बितरण गरेको पोख्रेलले बताइन ।