३ सय ५० जना माओवादी पार्टीमा प्रवेश
फिरफिरे । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र शुक्ला गण्डकी नगरपालिका १२ नम्बर वडा कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । उक्त भेलालाई सम्बोधन गर्दै प्रमुख सचेतक देव गुरुङले भ्रष्टचार र दलालले देश ध्वस्त बनाएको आरोप लगाएका छन् ।
कोरोना महामारीको समयमा पनि तत्कालिन केपि शार्मा ओली नेतृत्वको सरकारल भ्रष्टचार, दलाल र विदेशी पुँजीवादीको संरक्षण गरेको आरोप लगाए । जुन कुरा गर्नु हुदैन भन्यो त्यही कुरा गर्दै जादाँ पार्टी बिच अमझदारी पैदा भई पार्टी फुटेको उनको भनाई छ । “विदेशी पुजिलाई प्रोत्साहीत गर्ने होईन राष्ट्रिय पुजिलाई प्रोत्साहित गर्नु पर्छ भनेर जुन मान्यता हामीले स्थापित ग¥र्याै त्यसलाई ओली नेतृत्वको सरकारले ठिक विपरीत ढङ्गले विदेशी पुजिलाई प्रोत्साहीत गर्न थालियो” उनले भने–“ यस घटनाले उनिहरु गरिब किसान, मजदुरको र आमा नेपाली पक्षमा नरहेको, केबल शोषक, सामन्त र दलालको पक्षमा रहेको पुष्टि हुन्छ ।”
कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्र शुक्लागण्डकीका सचिव एवम् शुक्लागण्डकी नगरपालिका–१२ का वडाध्यक्ष मनराज गुरुङले समृद्ध फिरफिरे निर्माण संगै समाजवाद निर्माणको यात्रामा फिरफिरे सदैब अग्र पंक्तिमा रहने बताए । साथै विभिन्न पार्टीमा रहेका ३ सय ५० जनालाई माओवादी पार्टीमा आवद्धता गराएको गुरुङले बताएका छन् ।
बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सहइन्चार्ज यशोदा सुवेदी गुरुङ, तनहुँ इञ्चार्ज हरिबहादुर चुमान, गण्डकी प्रदेशसभा समस्य आशा कोइराला, माओवादी केन्द्रका तनहुँ जिल्ला अध्यक्ष राजेन्द्रकेशरी न्यौपाने लगायतको उपस्थती रहेको थियो ।