कोत्रे । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेत स्थित जनजागृती टोलमा रहेको रुमबहादुर गुरुङ (गुरुङ माईला)को घर भदौ १४ गतेको परेको अविरल वर्षाको कारण क्षेतविच्छेद भयो । लगातार पानी परेपछि घर पछाडीको पर्खाल भत्किएपछि गुरुङ आवास विहिन भएका थिए ।
आर्थिक अवस्था कमजोर रहेकै कारण घर बनाउने आँट नगरेका गुरुङको अवस्था देखेपछी योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) शुक्लागण्डकी र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संयुक्त आयोजनामा घर निर्माणको लागि श्रमदान गरेको वाईसीएल नेपाल शुक्लागण्डकी नगरकमिटीका सचिव खिमलाल पोख्रेल (नारायण)ले जानकारी दिए ।
आज (शुक्रबार) वाईसीएल र माओवादी केन्द्रका युवाहरु मिलेर विहानदेखी गुरुङको पुरानो घर भत्काएर जग निर्माणको कार्य सम्म पु¥याएका थिए । सचिव पोख्रेलका अनुसार गुरुङको दुई कोठे भवन निर्माणका लागि चाहिने ब्लक, रड, सिमेन्ट, जस्तापाता नेपाल कम्युनिस्ट पार्टी माओवादि केन्द्रको तर्फबाट उपल्बध गराउने छ । साथै घर बनाउने अन्तिम दिनमा पनि युवाहरुले श्रमदना गर्ने बताए ।