दुलेगाँडा । नेपाली काँग्रेसको १४ औँ माहाधिवेशन अन्र्तगत असोज ९ गते हुने पालिका अधिवेशनको लागि शुक्लागण्डकीका नगरपालिकामा नयाँ नेतृत्वका लागि गोपी बहादुर गुरुङ सभापति र उप–सभापतिमा कृष्णप्रसाद रेग्मी रहेको समुहले उम्मेद्वारी घोषणा गरेको छ ।
क्षेत्रीय सभापति किसान गुरुङको समर्थन रहेको उक्त समुहले गुरुङको नेतृत्वमा प्यानललै घोषणा गरेको हो । आज उक्त समुहबाट सभापतिमा गोपी बहादुर गुरुङ, उप सभापतिमा कृष्ण प्रसाद रेग्मी, भीमादेवी खत्री (मञ्जुं) सचिवमा शिवराज रेग्मी, दिपेन्द्र पौडेल, सह सचिवमा राजेश खनाल र भीष्म श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन् ।
यसैगरी, सदस्यहरुमा गोविन्द्र प्रसाद भट्टराई, सूर्यमणि लामिछाने, अर्जुन घिमिरे, सुजन लामिछाने, महिलातर्फ मिना पौडेल थापा, तारा गौतम इन्दिरा पौडेल र टिकमाया पौडेल रहेका छन् । जनजाती सदस्य तर्फ भोजबहादुर आले, प्रीतम श्रेष्ठ, मीलन राना, कृष्णबहादुर श्रेष्ठ, दीपक श्रेष्ठ रहेका छन् । दलित सदस्य तर्फ मुक्तिराम वि.क, दिनेश सुनार, सिर्जना विक, अमृता नेपाली रहेका छन् भने मुस्लिम तर्फ रोजिना खातुनले उमेदवारी दिएका छन् ।
यस अघि सभापतिमा चर्चामा आएका कृष्णप्रसाद रेग्मीले समेत गुरुङलाई सर्मथन गरी उप–सभापतिमा उमेदवारी घोषण गरेपछि आम कार्यकर्तामा नगर अधिवेशन प्रति उत्सुकता बढेको छ ।