दुलेगौँडा । सेवा संस्कार मिडिया प्रा.लिद्वरा संञ्चालित शुक्ला न्यूजले हरितालिका तीजको अवसरमा आयोजना गरेको अनलाईन खुल्ला तीजगीत प्रतियोगिता–२०७८ मा शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा रहेको नवज्योति आमा समुहले प्रथम स्थान हासिल गरेको छ ।
यसै गरि प्रतियोगितामा उत्तम टोलविकास संस्था–ढोरर्फिदी (उत्तम टोल) द्धतीय र सिद्धार्थ आमा समुह, कवासे तृतीय हुन सफल भएको छ । परम्परागत कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो । भदौ ३१ गते शुक्ला न्यूजको अफिसियल फेसबुक पेजबाट दर्शकको हेराईका आधारमा प्रतियोगिताको विजेता घोषणा गरिएको थियो ।
प्रतियोगितमा प्रथम हुन सफल नवज्योति आमा समुहलाई शिब सुन्दर फेन्सीका प्रोपाईटर सुन्दर श्याम मल्लले नगद ५ हजार साथमा प्रमाण पत्र प्रदान गरेका थिए । । यसै गरि द्धतीय स्थान हासील गर्न सफल उत्तम टोलविकास संस्थालाई जिके साउण्ड एण्ड केसी ईलेक्ट्रोनिक्सका संञ्चालकले नगद ३ हजार साथमा प्रमाण पत्र हस्तान्तरण गरेको थियो भने प्रतियोगितामा तृतीय स्थान हासील गर्न सफल सिद्धार्थ आमा समुहलाई सन्देश ट्रेर्डसका संञ्चालक सुरेन्द्र पौडेलले नगद २ हजार साथमा प्रमाण पत्र प्रदान गरेका थिए ।
नवज्योति आमा समुह, गाछेपानी–प्रथम
![](https://shuklanews.com/wp-content/uploads/2021/09/242726035_832002147398563_9037856740114863342_n-edited.jpg)
उत्तम टोलविकास संस्था–ढोरर्फिदी (उत्तम टोल) द्धतीय
![](https://shuklanews.com/wp-content/uploads/2021/09/242779645_858024058408929_3745218369674917668_n-edited.jpg)
सिद्धार्थ आमा समुह, कवासे–तृतीय
![](https://shuklanews.com/wp-content/uploads/2021/09/242744832_408654380666725_5210840005943708850_n-edited.jpg)