दुलेगौँडा । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत असोज ९ गते हुने नगर अधिवेशनमा भीष्म श्रेष्ठले सह–सचिव पदमा उम्मेदवारीको घोषणा गरेका छन् । महाधिवेशनका लागि विभिन्न व्यक्तिहरुले उम्मेदवारी घोषणा गरेसँगै श्रेष्ठले पनि चुनावी मैदान तय गरेका हुन् ।
“वडाभित्र सहमतिको अधिकतम प्रयासलाई साथ दिदै क्षेत्रीय प्रतिनिधि हुने मेरो चाहना यसपालिको लागि अधुरो राखेको छु तर मेरो गतिशीलतालाई रोक्न चाहन्न । अनवरत म पार्टी गतिविधिमा समाहित भएको सबैमा जगजाहेर नै छ । त्यसैले नेपाली काँग्रेस शुक्लागण्डकी नगर कार्यसमितिमा सह–सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको छु ।” श्रेष्ठले भने ।
श्रेष्ठले उम्मेदवारी घोषण गर्दै शुभेच्छुक, क्षेत्रिय प्रतिनिधिहरुसंग अमुल्य मत माग्दै युवाहरूलाई प्रोत्साहन गर्न अनुरोध गरेका छ्न । सम्पुर्ण युवाहरूको सहयोग आफुलाई रहेको हुँदा काँग्रेसको नगर समितिमा बिजय भएपछि जिम्मेवारपूर्वक सबै युवाहरुको प्रतिनिधित्व गरेर काम गर्ने र संगठन निर्माणलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे
उम्मेदवारी घोषणा गरेका श्रेष्ठ नेविसंघ पन्चमुनिदेब माविको इकाई अध्यक्ष, शुक्लागण्डकी युनेस्को केन्द्रका अध्यक्ष, शुक्लागण्डकी नगरपालिका वडा नं २ स्थित शिलादेवी युवा क्लबका उपाध्यक्ष लगायत विभिन्न संघसंस्थमा आबद्ध रहि सामाजिक कार्यमा सक्रिय रहेका छन् ।