दुलेगौँडा । नेपाली काँग्रेस शुक्लागण्डकी नगर सभापतिमा गोपिबहादुर गुरुङले उम्मेदवारीको घोषणा गरेका छन् ।बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी गुरुङले पार्टीको १४ औं महाधिवेशन अन्तर्गत असोज ९ गते हुने नगर अधिवेशनमा सभापति पदमा प्यानलसहित उम्मेदवारी दिने घोषणा गरेका हुन ।
उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै गुरुङले नेपाली काँगे्रसलाई जिवन्त ,सुसंगठित र अनुशासित बनाउनका निम्ति उम्मेदवारी दिएको बताए ।आजसम्म जे–जति योगदान दिए पनि अझै अपुग भएको हुदाँ थप योगदान दिन बाँकी रहेको बताउँदै गुरुङले आगामी ४ वर्षसम्मका लागी पार्टीमा सवैलाई मिलाएर लैजाने प्रतिवद्धता जनाए ।

गुरुङ प्यानलबाट उपसभापतिमा बालकृष्ण पौडेल र महिला उपसभापतिमा सपना पराजुली सिग्देल, सचिवमा मदन श्रेष्ठ, सहसचिवमा विष्णुहरी पन्थी र टेक नारायण कोइरालाले उम्मेदवारी दिएका छन् ।
सदस्यहरुमा राजु अधिकारी, सुरेश पौडेल, अर्जुन घिमिरे, शिव भट्टराई, केशव आचार्य छन् । महिला सदस्यतर्फ जमुना पौडेल, शुशिला कुँवर, लक्ष्मी तिवारी र विन्दु महत छन् भने दलितर्फ वृन्दा परियार, कल्पना विक, दिपेन्द्र परियार, सुजन सदासंकर र झमलाल वि.कले महाधिवेशनको लागि उम्मेदवारी दिएका छन् ।
नेपाली काँग्रेसका जिल्ला प्रवक्ता महेश्वर भट्टराई,पूर्वप्रवक्ता हरि वाग्ले,जिल्ला सदस्य भक्त श्रेष्ठ लगायतको उपस्थितिमा गोपिबहादुर गुरुङको नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको हो ।