दुलेगौँडा । सामाजिक कार्यमा सक्रिय रहदै आएको लियो क्लव अफ खैरेनीटार दुलेगौँडा मन्त्रले छात्रा विद्यार्थीलाई सेनिटरी प्याड हस्तान्तरण गरेको छ । सोमबार क्लबले शुक्लागण्डकी नगरपालिका–१० मा रहेको छब्दि माध्यामिक विद्यालयमा अध्यनरत कक्षा ५–१२ सम्मका करिब ५० जना छात्रा विद्यार्थीलाई महिनावारी सम्बन्धी जानकारी प्रदान गरि सेनिटरी प्याड हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिका–१० का वडाध्यक्ष रामचन्द्र भण्डारीले महिनावारी भनेको प्रकृतिक चक्र भएको हुनाले यसको बारेमा बालबालिकाहरु पहिलेदेखी नै सर्तक हुनुपर्ने बताए । यस अवस्थमा स्वाथ्यको ख्याल नगरी लापारवाही गरेमा महिलाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुदाँ बालिकाहरुको महिनावारी हुने केही समय अगाडीदेखी नै महिनावारी सम्बन्धी शिक्षा प्रदान गर्नु उपयुक्त रहेको बताए ।
क्लबका अध्यक्ष लियो नविन घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष भण्डारी, लायन्स क्लव अफ तनहुँ खैरेनीटारका अध्यक्ष पिताम्बर तिमल्सिना, शिक्षक लगायतको उपस्थितीमा छात्रा विद्यार्थीलाई प्याड हस्तान्तरण गरेको हो । यस कार्यक्रमको लागि कालिमा स्वास्थ्य क्लिनिकका संचालक सुन्दर बस्याल साथै स्वास्थ्य कर्मीले सेनिटरी प्याड उपलब्ध गराईदिएका थिए ।