• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

कस्ले बाजि मार्दैछ शुक्लागण्डकीमा

Staff Reporter by Staff Reporter
September 18, 2021
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

(नेपाली कांग्रेस अधिवेशन विशेष)

सभापति पदमा हालसम्म घोषणा भएन उम्मेद्वारी
उप सभापतिमा सपना र सचिवमा दिपेन्द्रको उम्मेवारी सार्वजनिक

पटक पटक धकेलिदै शुरु भएको नेपाली कांग्रेसको १४ औ महाधिवेशनकोको तालिका अनुसार सवै वडाको अधिवेशन सम्पन्न भैसक्दा पनि शुक्लागण्डकी नगरपालिकाको नगर सभापतिमा कसैले हालसम्म आफ्नो उम्मेदवारी घोषणा गरेका छैनन् । 
नगर उप सभपतिमा भने सपना पराजुलीले आफ्नो उम्मेद्वारी घोषणा गरेकी छन् । वडा नं ९ को वडा अधिवेशनबाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित पराजुलीले विहिबारनै आफ्नो उम्मेद्वारी सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी हुन । २०५४ सालमा नेपाल विद्यार्थी संघ, जनज्योति माविको ईकाई सभापति हुदै राजनीति शुरु गरेकी उनले २०६२ बाट पाटीको क्रियासिल सदस्यता लिएकी थिईन । त्रिभुवन विश्वविद्यालयबाट शिक्षा बिषयमा स्नातकोत्तर गरेकी पराजुलीले लामो समय स्याङ्गजाको गल्याङ्ग बहुमुखि क्याम्पसमा प्राध्यापन गरेकी थिईन । हाल दुलेगौंडामा छापाखाना सम्वन्धी व्यवसाय सञ्चालन गर्दै विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहेकी छन् ।  लामो राजनैतिक पारिवारिक पृष्ठभुमिबाट आएकी उनी नेपाली काँग्रेस नगर सचिव समेत गोविन्द सिग्देलकी श्रीमती हुन । “पाटीमा सक्षम महिलाहरुको उपस्थिति न्यून देखिएको र समावेशिताको आधारमा मात्रै स्थान दिनुपर्छ भन्ने मान्यता बढ्दै गएको हुँदा शसक्त महिला नेतृत्वको लागि उम्मेदवारी दिएको हो” पराजुलीले शुक्ला न्युजलाई वताईन ।
नगर सचिवमा भने दिपेन्द्र पौडेल उम्मेदवारी घोषणा गरेका छन् । वडा नं ३ स्थायी घर भई हाल दुलेगौंडामा छापाखाना सञ्चालन गर्दै छन् । हाल उदेनढुङ्गामा टपरी रिसोर्ट सञ्चालनमा ल्याएका छन ् । लामो सयम देखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशिल पौडेलले गत निर्वाचनमा वडा नं ३ बाट वडा अध्यक्ष पदमा उम्मेद्वारी दिएका थिए  तर पछी नेपाली कांग्रेस र नेकपा माओवादी सँग भएको चुनावी सहकार्य पछि उम्मेद्वारी फिर्ता लिएका थिए । साहित्यमा समेत सक्रिय पौडेलले युवाको प्रतिनिधित्व गर्दै आफु सचिव पदमा उम्मेद्वारी दिएको वताएका छन् ।   “पाटीलाई नयाँ उर्जाका साथ अगाडी बढाउन र परम्परागत शैलीलाई फेरी नयाँ शिराबाट पाटीलाई चलायमान बनाउन सम्पुर्ण युवाहरुको साथ लिएर उम्मेद्वारी दिएको हो, निर्वाचित हुनेमा ढुक्क छु” शुक्ला न्यूजसँगको कुराकानीमा दिपेन्द्र पौडेलले वताए । उनले युवालाई उद्यमशिलतासँग जोडेर राजनीतिमा सक्रिय बनाउनु पर्ने भन्दै अव चाडैनै आफ्नो भावि योजना र कार्यदिशा समेत सार्वजनिक गरी अधिवेशनमा केन्द्रित हुने वताए । 
परिवर्तित तालिका अनुसार यहि असोज ९ गते गाउँ/नगरको अधिबेशन तोकिएको छ । हालसम्म शुक्लागण्डकीको पार्टीको नगर कार्यसमितिमा उम्मेदवारी घोषणा गर्नेहरु कुनै प्यानल बिना स्वतन्त्र रुपमा गरेको छन् । अन्य केहि स्थानीय तहहरुमा केन्द्रिय नेतृत्वको प्यानललाई जोडेर उम्मेदवारी घोषणा भएतापनि यहाँ भने बाहिरी रुपमा  कुनै संकेत देखिएको छैन ।
 
राजनैतिक आधारमा तनहूँको व्यास पछिको क्षेत्रको रुपमा रहेको शुक्लागण्डकीको अधिवेशनका लागि सभापति पदमा हालसम्म कुनैले पनि औपचारिक रुपमा आफ्नो धारण वाहिर ल्याएका छैन्न । यद्यपि हालका नगर सभापति माधब भट्टराई उपयुक्त वातावरण रहेको र पाटीले जिम्मेवारी दिएको खण्डमा दोहोरिन सक्ने संकेत गरेका छन् । यसै विच सभापति पदका लागि गोपि बहादुर गुरुङ्ग, वडा नं ८ का वडा अध्यक्ष तथा निर्वतमान पाटी सभापति कृष्ण प्रसाद रेग्मी र सन्तोष घिमिरेको नाम पनि चर्चामा आउन थालेको वताईन्छ । चर्चामा रहेका व्यक्तिहरुसँग सम्पर्क गर्दा पुरा खुल्न नचाहेको सकेसम्म सर्वसम्मत रुपमा पहल हुने वातावरण वनाउन सहयोग गर्ने वताए । हालसम्म कसैले पनि उम्मेद्वारी दावी नगरेको हुँदा नेपाली कांग्रेसको नगर सभापति को होल भन्ने जिज्ञासा झन् बढ्दै गएको पाईएको छ । 

👉 अन्य सम्बन्धित खबरहरु

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
स्थानीय समाचार

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
स्थानीय समाचार

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.