दुलेगौडा । शुक्लागण्डकी नगरपालिकाले मंगलबार सुचना प्रकाशन गरी विद्यालयहरुका समितिको पदावधि सकिएको जानकारी गराएको छ ।
नगरपालिकाले सूचना जारी गर्दै नगर शिक्षा ऐन २०७५ अनुसार गठीत विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको म्याद असार मसान्तबाट सकिएकोले श्रावण मशान्त भित्र नयाँ समिति गठन गरी नगरपालिकामा जानकारी गराउन भनिएको छ । नयाँ समिति गठनका लागि सम्वन्धित वडाका वडा अध्यक्ष, विद्यालयका प्रअ र वडा सचिव रहने गरी एक सहजिकरण समिति समेत गठन गर्न अनुरोध गरिएको छ ।

यस पत्रलाई आधार मानि नगर भित्रका सम्पूर्ण संस्थागत र सामुदायिक विद्यालयहरुले नयाँ विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक समिति गठन गर्नु पर्नेछ ।













