हरि खरेल/दुलेगौँडा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत स्थगित रहेको शुक्लागण्डकी नगरपालिका–८ को वडा अधिवेशन आज सम्पन्न भएको छ । भाद्र १८ गते भएको अधिवेशनमा काँग्रेसभित्रकै एक समुहले हुलदंगा गर्दा अधिवेशन स्थगित भएको थियो । दुई सातापछि भएको विवाद आज (बुधबार)समाधान गरी सर्वसम्मत निर्विरोध वडा अधिवेसन सम्पन्न भएको छ ।
सम्पन्न वडा अधिवेशनबाट वडा सभापतिमा विपिन्द्र सेन ठकुरीलाई सर्वसम्मत निर्वाचित निर्वाचित गरेको छ । यसै गरी उप—सभापतिमा विष्णुप्रसाद पोख्रेल र नमराज वानिया, सचिवमा बालकृष्ण वि.क र केशवराज श्रेष्ठ, सह–सचिवमा शिर्षक भट्टराई र होमराज भट्टराई सर्वसम्मत निर्विरोध चयन भएका छन् ।
क्षेत्रिय प्रतिनिधिमा महेश्वर भट्टराई, माधव भट्टराई, कृष्णप्रसाद रेग्मी, प्रकाश वि.क,ऋषिराम महत, सिद्धान्त क्षेत्री,राजु मल्ल, लोकबहादुर गुरुङ, तेजप्रसाद सिग्देल,रोमबहादुर सिं ठकुरी, कमल भट्टराई, जोजुराम पोख्रेल, शुशिल रेग्मी,सागर लामिछाने लगायत ३६ जन ाचयन भएका छन् । जसमा १४ महिला र २२ पुरुष रहेका छन् ।