दमौली । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका प्रतिवादीहरुको खोजी कार्यलाई तिब्रता दिदै आएका छ । जसमा मंगलबार यता सवारी ज्यान मुद्दाका ३, सामाजिक अपराध मुद्दाका १ र सम्बन्ध बिच्छेद मुद्दामा फरार १ जना गरि तनहुँका ३ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
सवारी ज्यान मद्दामा विगत ३ बर्ष अगाडीदेखी फरार रहेको जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ भाँगेका २८ बर्षीय चन्द्रसिंह मगर प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरे पश्चात निज मगरलाई अदालतमा उपस्थिती गराई ११ महिना ७ दिन कैद र ४ हजार जरिवाना भुक्तानि गर्न लगाईएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिम्लिसिनाले बताए ।
यसै गरी सवारी ज्यान मुद्दामै शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडाका सुकबहादुर दमैलाई पनि प्रहरीले पक्राउ गरेको छ । गत वैशाख ५ गतेदेखी सवारी ज्यान मद्धामा रहेका दमैलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । निज उपर अदालतले २ बर्ष १० महिना ९ दिन कैद सजाय तोकेको छ ।
यसै गरी पक्राउ पर्नेहरुमासामाजिक अपराध मुद्दामा १ जना, सवारी ज्यान मुद्दामा फरार रहेका १ जना र सम्बन्ध बिच्छेद मुद्दामा फरार १ जना व्यक्तीहरुलाई समेत पक्राउ गरी तोकिएको जरिवाना भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराईएको प्रहरी नायव उपरिक्षक तिम्लिसिनाले बताए ।