दुलेगौडा । शुक्लागण्डकी नगरपालिकाले आ.ब. २०८२/८३ को लागी १ अर्व २४ करोडको बजेट सोमवार नगरसभामा पेश गरेको छ ।
नगरपालिकाकाे सभाहलमा साेमबार बसेकाे १७ औं नगर सभा अधिवेशमा आ.व. २०८२/८३ अनुमानित बजेट र उ नीति तथा कार्यक्रम पेश गरिएको हो । सभामा नगरप्रमुख पण्डितले जम्मा १ अर्ब २४ करोड ७६ लाख ३३ हजार ९६२ रुपैयाँको बजेट पेश गरे भने उपप्रमुख खुम बहादुर विकले निति तथा कार्यक्रम पेश गरेका थिए ।