हरि खरेल/दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा रहेको जिल्लाकै नमुना विद्यालयको रुपमा स्थापित पञ्चमुनिदेव माध्यामिक विद्यालयका भुपु विद्यार्थी मञ्चले दुई जना विद्यार्थीलाई कक्षा १२ सम्म पढाउने जिम्मा लिएका छन् । एसईई ब्याज २०५३ का ३१ जना विद्यार्थीको समुहले विद्यालयमा अक्षयकोषको स्थापना गरि शैक्षिक क्षेत्रमा हुने सम्पूर्ण जिम्मेवारी सहित निशुल्क पढाउने जिम्मा लिएका हुन् ।
आज बुधबार एक कार्यक्रम बिच समुहले कक्षा ३ मा पढ्ने ऋतिक अधिकारी र कक्षा ५ मा पढ्ने मञ्जिला गुरुङको कक्षा १२ निशुल्क पढाउने जिम्मेवारी लिएका छन् ।
कार्यक्रममा बोल्दै विद्यालयका भुपु विद्यार्थी एवम् मञ्चका सल्लाहाकार करिम बक्स मियाँले समुहबाट ५ लाखको अक्षयकोष खडा गरि गरिब र जेहेन्दार छात्र÷छात्रा पढाउने जिम्मा लिएको बताए । उनका अनुसार केही समय पछि उक्त अक्षयकोष वृद्धि गरि १५ लाखसम्म पु¥याउने बताए । “अहिले हामीले २ जना विद्यार्थीलाई मात्र समेटेका छौ । कालन्तरमा विद्यार्थी संख्या पनि बढ्दै जानेछ भने अक्षय कोषको पनि वृद्धि गर्दै जाने छौ ।”उनले भने ।
भुपु विद्यार्थीले, विद्यार्थीकै लागि स्थापना गरेकोे कोषले विपन्न विद्यार्थीको पढाईमा हौसला मिल्ने विद्यालयका प्रधानध्यापक धुर्वकुमार मल्लले बताए । उनका अनुसार विसं. २०४५ सालमा पञ्चमुनिदेव माध्यामिक विद्यालयले पहिलो एसएसी सुरु गरेको थियो । अहिले ३१ बर्ष पुरा भईसकेको छ । यस समय बिचमा एसएलसी उत्र्तिण गरेका अन्य विद्यार्थीहरुले पनि विद्यालयमा अक्षयकोषको स्थापना गरेको गरिब तथा जेहेन्दार विद्यार्थी गरिबीका कारण शिक्षा लिनबाट बञ्चित नहुने बताए ।
समुह अर्थात मञ्चका सदस्य शान्तकुमार श्रेष्ठले गरेको लगानि बालुवामा पानी हालेको जस्तो नहोस भनेर गरिब र अध्यनशिल विद्यार्थीलाई छनोट गरेको बताए । पञ्चमुनिदेव मा.वि भुपु विद्यार्थी मञ्चका अध्यक्ष शंकर पन्तले अक्षयकोषको वृद्धि गर्नका लागि अन्य विद्यालयबाट एसएलसी÷एसईई उत्रिर्ण विद्यार्थीहरुको सहयोग लिई अगाडी बढ्ने बताए ।