दमौली । एमसीसी खारेजीको माग गर्दै दमौल्किा युवाहरुले शव यात्रा निकालेका छन् । युवाहरुले राष्ट्रलाई घात हुने किसिमको सम्झौता रहेको हुदाँ बिरोध प्रस्तुत गरेको बताएका छन् । जनस्तरमा विरोध हुँदा पनि सम्झौता अघि बढ्न लागेकाले एमसीसी खारेज गर्न दबाब पनि दिएका छन् ।
अनशन चौतारामा एमसीसीको प्रतिकको शव यात्रा निकाल्दै ट्राफिक चोकमा कोण सभा गरि सम्पन्न गरेका थिए । सभाका सहभागीले ‘एमसीसी हामीलाई चाहिंदैन, देश बेच्न पाईंदैन’, ‘राष्ट्रघाती एमसीसी खारेज गर’, ‘एमसीसी मुर्दाबाद’ लगायतका नारा लगाएका थिए ।