दुलेगौडा । सिकाईलाई व्यवहारिक र अर्थपुर्ण वनाउनका लागि शुक्रवार तालवेसी माध्यमिक विद्यालयले निर्वाचनका सम्पुर्ण प्रकृया पुरा गरी विद्यार्थीहरुको नेतृत्व चयन गरेको छ ।
सामाजिक अध्ययन अन्तर्गत विद्यालयमा पढाई हुने नेपालको निर्वाचन प्रणालीका वारेमा बालवालिकामा व्यवहारिक ज्ञान दिनुका साथै उनिहरुलाई देशको राजनैतिक तथा प्रशसासनिक प्रकृयाका वारेमा समेत जानकार गराउनका लागि प्रत्यक्ष रुपमा निर्वाचन गरी विद्यालयको नायक र सह नायक छनौट गरिएको विद्यालयका शिक्षक सुवास चापागाईले वताए ।
निर्वाचनमा हुने शुरु देखि अन्त्य सम्मका सवै प्रकृयाहरुलाई एक एक गरेर सिकाएर उनिहरुलाई उमेद्वारी दर्ता, दावि विरोध, उम्मेवदारको अन्तिम नामावली प्रकाशन, चुनाव चिन्ह प्रदान, प्रचार प्रसार, मतदाता नामावली प्रकाशन दावि विरोध जस्ता सवै प्रकृया पुरा गरेर कक्षा ३ देखि १० सम्मका विद्यार्यीहरुलाई मतदान प्रकृयामा सहभागि गराईएको थियो । निर्वाचनमा आवश्यक मतदान अधिकृत, सहायक अधिकृत, नामावली रुजु, चिन्ह लगाउने तथा सुरक्षा कर्मीको जिम्मेवारीमा पनि विद्यार्थीलाई नै सहभागि गराई निर्वाचन सम्पन्न गरिएको हो ।
अघिल्लो शैक्षिक सत्रमा यसरीनै निर्वाचन प्रकृयाबाट छनौट गरिएका नायक र सह नायकले आफ्नो भूमिका असाध्यै महत्वपुर्ण ढङ्गले निर्वाह गरेका कारण यस कार्यलाई निरन्तरता दिएको विद्यालयका अतिरिक्त कृयाकलाप संयोजक दामोदर रेग्मीले वताए ।
निर्वाचन प्रकृयाले वालवालिकाको क्षमता वृद्धि हुनुका साथै अतिरिक्त कृयाकलापमा सहभागि हुने अवसर प्राप्त हुने निर्वाचन अधिकृत कविता विकले वताईन । निर्वाचनका सम्पूर्ण प्रावधानहरु पुरा गरी निष्पक्ष र गोप्य ढङ्गले निर्वाचन प्रकृयालाई अगाडी वढाईएको निर्वाचनको सहायक मतदान अधिकृत रेजिना क्षेत्रीले वताईन ।
कक्षा ३ देखि ९ सम्मका कुल ३२९ विद्यार्थी मध्य ३०९ मत खसेको थियो भने नायक तर्फ दुई मत वदर र सह नायकमा ४ मत वदर भएको थियो । निर्वाचनमा विद्यालय नायक तर्फ २११ मत सहित लालिगुरास चिन्हका रितेष क्षेत्री विजयी भए भने सह नायकमा २९९ मत सहित गैडा चिन्हकी प्रतिक्षा पाठक विजयी भएको विद्यालयका शिक्षक दामोदर रेग्मीले वताए ।
पुस्तकका सैद्धान्तिक ज्ञानले मात्र विद्यार्थीले व्यवहारीक शिक्षा प्राप्त गर्न सक्दैनन । यसरीनै विद्यालयहरुले पाठ्यपुस्तकमा भएका कुराहरुलाई व्यवहारीक एवं प्रयोगात्मक सिकाई गराउन सकियो भने विद्यार्थीहरुले सहज रुपमा वुझ्नुका साथै उक्त सिकाईलाई भविष्यमा आवश्यकता अनुसार प्रयोग गर्न सक्दछन ।