दुलेगौँडा । तनहुँ जिल्लाकै प्रसिद्ध धार्मिकस्थलको रुपमा स्थापित ढोरबाराही मन्दिर चार महिनापछि खुलेको छ । कोरोना महामारीको संक्रमणदर बढ्दै गएपछि गत बैशाखदेखी बन्द गरिएको मन्दिर आज (आईतबार)देखी भक्तजनका लागि खुल्ला गरिएको हो ।
समितिले गत साउनको अन्तिमतिर पुजाअर्चना खोल्ने तयारी गरे पनि प्रशासनले रोक लगाएपछि मन्दिरमा दैनिक नित्यपुजा बाहेक भक्तजनहरुलाई मन्दिर प्रवेशमा रोक लगाइएको थियो । अहिले कोरोना संक्रमण दर कम हुदै गएपछि समितिको निर्णयले मन्दिर खुल्ला गरिएको मन्दिर क्षेत्र संरक्षण समितिका अध्यक्ष एवं वडा नं ९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले बताए ।
मन्दिर परिसरमा सरकारले तोकेको सवै स्वास्थ्य सुरक्षाका मापदण्ड पुर्ण रुपमा पालना गराउने गरि भक्तजनहरुलाई प्रवेश गर्न लगाईने अध्यक्ष श्रेष्ठले बताए । “अनिवार्य मास्क प्रयोग गर्न लगाउने र धेरै भीडभाड हुन नदिने भनेका छौँ, स्थानीय प्रशासनको नियमित अनुगमन पनि हुन्छ“उनले भने ।