दुलेगौंडा । नेपाल विद्यार्थी संघको ५६ औं स्थापना दिवसको नेवि संघ भानुभक्त वहुमुखी क्याम्पस ईकाले मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामकाे वृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेको छ ।
जेष्ठ नागरिक ज्ञान र अनुभवकाे स्राेत रहेकाे हुदाँ स्थापना दिवसकाे दिन जेष्ठ नागरिकलाई फलफूल वितरण गरिएको संघका अध्यक्ष एजिना महतले बताइन् ।
नेपाल विद्यार्थी संघ भानुभक्त ईकाईको सभापति महतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं २ का सभापति चुडामणी खनाल, नेविसंघ जिल्ला अध्यक्ष आशिष कैनि र श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामका अध्यक्ष अर्जुन लम्साल लगायतको उपस्थिति रहेको थियाे ।