दुलेगौँडा । विश्वकै दुर्लभ रोग स्पाइलन मस्कुलर एट्रोफि (एसएमए) बाट ग्रसित तनहुँको शुक्लागण्डकी नगरपालिका—५ गल्छिनाका १० महिने बालक महोम्मद उस्मान अलीको मृत्यु भएको छ ।
अलीको आज विहान ४ बजे उपचारको क्रममा मत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । परिवारको अनुसार उस्मानको शव आज जिल्लामा ल्याइदै छ । मुस्लिमधर्म अनुसार आजै अन्त्येष्टि गरिने बताइएको छ ।
दुई महिना अघिदेखी डाक्टरको रेखदेखमा काठमाडौँस्थित बालकान्ति अस्पतालमा राखिएको थियो ।सोही क्रममा अलीलाई निमोनिया रोगले पनि समात्यो । निमोनिया भएपछि भेन्टिलेटरमा राखेर उपचार गरेपछि अलीको स्वास्थ्यमा क्रमश सुधार आएको थियो ।पारिवरीक स्रोतले एसएमए रोगको उपचारको लागि चाडै नै विदेश लानुपर्ने हुदाँ थप सहयोगको लागि अपिल गरिरहेको थियो । सहयोग रकम संकलन भइरहेको थियो । योसंगै अलिको उपचारको लागि संञ्चालन गरेको “उस्मान बचाउ अभियान” पनि अन्त्य भएको छ ।